+
+
Shares

विनोद चौधरीले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १४:४४

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डलर अर्बपति विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। जारी १५औं महाधिवेशनमा उनले उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

उनले युवा नेतृत्वमार्फत आर्थिक रुपान्तरणमा नयाँ अध्याय सुरु गर्नुपर्ने आजको आवश्यकता भएकोले उम्मेदवारी दिएको बताएका छन्।

‘देशले अहिले युवा नेतृत्वको खोजी गरिररहेको छ । यस महाधिवेशनबाट नेपाली कांग्रेसले युवाहरुलाई नेतृत्वमा स्थापित गर्नुपर्छ । साथै, आर्थिक समुन्नतीको स्पष्ट भिजन भएका नेताहरुलाई नेतृत्व तहमा पुर्‍याइ आर्थिक रुपान्तरणमा नयाँ अध्याय सुरु गर्नुपर्नेछ,’ उनले भनेका छन्, ‘यस्तो नेतृत्वबाट आगामी दिनमा देशको आर्थिक रुपान्तरण गर्न सम्भव हुनेछ भन्ने मलाई विश्वास छ ।’

उनले युवा नेतृत्वलाई स्थापित गर्न आफू विशेष महाधिवेशन हुँदै अहिलेको १५औं महाधिवेशनमा उपस्थित भएको प्रष्टीकरण पनि दिएका छन्। चौधरीले आफंनो उम्मेदवारी केवल पदका लागि मात्रै नभई आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्‍याउन र युवाको आकांक्षालाई सम्बोधन गर्नका लागि भएको बताएका छन्।

‘आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्‍याउन, युवाहरूका आकांक्षालाई सम्बोधन गर्न, आर्थिक रूपान्तरणमार्फत देशको विकासको नेतृत्व नेपाली कांग्रेसले नै गर्न सक्छ भन्ने विश्वासलाई व्यवहारमा पुष्टि गर्न तथा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्दै अझ सशक्त, आधुनिक र जनमुखी बनाउने संकल्पका लागि हो,’ उनले भनेका छन्, ‘अब राजनीतिका लागि राजनीति गरेर देशमा रुपान्तरण गर्न सकिदैँन । यसका लागि आर्थिक समुन्नतीका स्पष्ट योजनामा काम गर्नु आवस्यक छ । आर्थिक समुन्नतीको जिम्मेवारी सम्हाल्न म तयार छु ।’

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?