+
+

इजरायलमा केयर गिभरमा काम गर्न जानेलाई तालिम दिन चाहने संस्थाले अनुमति लिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १९:३१

१४ भदौ, काठमाडौं । इजरायलमा केयर गिभरमा काम गर्न जाने कामदारका लागि तालिम दिन चाहने संस्थाले वैदेशिक रोजगार विभागबाट अनुमति लिनुपर्ने भएको छ ।

केयर गिभर तालिम सम्बन्धी कार्यविधि २०७२ अनुसार यस्तो तालिम सञ्चालन गर्न इच्छुक कामदारका लागि विभागले अनुमतिका लागि १५ दिनको समय दिएर निवेदन माग गरेको छ ।

जसमा केयर गिभरको तालिमका लागि आवेदन दिने संस्थाले अन्य तालिम प्रदान गरिरहेको भए नयाँ प्रयोजनका लागि भौतिक सामग्री र अन्य मापदण्डको अलग्गै व्यवस्था गरी विवरण खुलाउनु पर्ने सर्त राखिएको छ ।

निवेदनमा संस्थाको न्यूनतम पूर्वाधारको विवरण, संस्थापक र सञ्चालकको अनुभव र योग्यताको प्रमाणपत्र समेत पेश गर्नुपर्ने विभागले जनाएको छ । विगतमा इजरायललका लागि केयर गिभरको तालिम प्रदान गरिसकेको भए त्यसको प्रमाण समेत पेश गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?