+
+

जर्मनीमा रोजगारी दिने भन्ने प्रचार गलत : विभाग

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १७:३९

२१ भदौ, काठमाडौं । जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरु गलत भएको वैदेशिक रोजगार विभागले बताएको छ ।

अनधिकृत व्यक्तिले नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन/सूचना सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले यस्तो बताएको हो ।

विभागका निर्देशक कविराज उप्रेतीका अनुसार सामाजिक सञ्जालमा जर्मनीको रोजगारी सम्बन्धी आएका सूचनाहरु गलत हुन् ।

विभागले यस्ता भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न सरोकारवालामा सूचित समेत गरेको छ । कानुन विपरीत हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न समेत विभागले चेतावनी दिएको छ ।

नोपल सरकारले १११ वटा मुलुकलाई वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरेको छ । व्यक्तिगत रुपमा नेपाली नागरिक १७८ मुलुकमा रोजगारीका लागि गइरहेका छन् । संस्थागत रुपमा खुला भएको मुलुकमा इजाजत प्राप्त संस्थाले मात्र कामदार पठाउन पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?