+
+
Shares

वैदेशिक रोजगारीमा पठाएका श्रमिक विवरण बुझाउन म्यानपावरलाई निर्देशन

विभागले २१ असोजभित्र अनिवार्य विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थाबारे विवरण २१ असोजभित्र बुझाउन म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ ।
  • विभागले श्रमिक सुरक्षित रूपमा गन्तव्य मुलुक पुगे–नपुगेको र सम्झौताअनुसार काम, तलब तथा सुविधा पाए–नपाएको विवरण १५ दिनभित्र संकलन गर्न भनेको छ ।
  • विभागले निर्देशन पालना नगर्ने इजाजतपत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

२ असोज, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थाबारे विवरण बुझाउन म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ ।

विभागले २१ असोजभित्र अनिवार्य विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । विभागले गत असारमा इजाजतपत्र प्राप्त संस्थाले प्रत्येक ३/३ महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्था सम्बन्धी प्रगति विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको थियो । सोही आधारमा विभागले ताकेता गरेको हो ।

विभागले श्रमिकको हक, हित र सुरक्षा ध्यानमा राख्दै सम्बन्धित विवरण इजाजतपत्र प्राप्त संस्थाले विभागको अनुगमन शाखामा अनिवार्य उपलब्ध गराउनुपर्ने जनाएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा गएका प्रत्येक श्रमिक सुरक्षित रूपमा सम्बन्धित गन्तव्य मुलुकमा पुगे वा नपुगेको विवरण १५ दिनभित्र प्राप्त गर्नुपर्ने छ । त्यसका लागि म्यानपावर कम्पनीले श्रमिकसँग सम्पर्क गरी विवरण संकलन गर्नुपर्ने छ ।

यस्तै श्रमिकले वैदेशिक रोजगार सम्झौता अनुसार काम, तोकिएको तलब तथा अन्य सेवा–सुविधा पाए–नपाएको विषयमा पनि प्रत्यक्ष सम्पर्क गरी विवरण तयार पार्न विभागले निर्देशन दिएको छ ।

श्रमिकको संकलित अवस्था तथा विवरण इजाजतपत्र प्राप्त संस्थाले श्रमिक उडान भएको २० दिनभित्र विभागको संस्था अनुगमन शाखामा इमेल मार्फत पेस गर्नुपर्ने छ ।

विभागले उक्त निर्देशन पालना नगर्ने वा नेपाली श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने इजाजतपत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?