+
+
Shares

आजदेखि देशभरिका म्यानपावरहरू बन्द

सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावर व्यवसायीहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरिका म्यानपावर कार्यालय बन्द गरेका छन् ।
  • संघका अध्यक्ष डिकबहादुर खत्रीले आफूहरू वार्ता र आन्दोलन दुवैलाई सँगसँगै अगाडि बढाइरहेको बताउँदै मन्त्रालयसँग छलफल जारी रहेको जानकारी दिए ।
  • व्यवसायीहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क निर्धारण र विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने मुख्य माग राख्दै आन्दोलन सुरू गरेका हुन् ।

१ भदौ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरिका म्यानपावरहरू बन्द गर्ने भएका छन् ।

सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावर व्यवसायीहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग अघि सारेको छ । ती माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले देशभरिका म्यानपावर कार्यालय बन्द गर्ने भएका हुन् ।

संघका अध्यक्ष डिकबहादुर खत्रीले वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढाएको बताउँछन् ।

अध्यक्ष खत्रीले अनलाइनखबरसँग भने, ‘युवा, श्रम तथा रोजगार मन्त्रालयमा छलफलका लागि अहिले हामी जाँदैछौं ।’

शुक्रबार पनि मन्त्रालयसँग प्रारम्भिक चरणको छलफल भएको थियो । छलफलमा व्यवसायीले अघि सारेका मागका विषयमा ब्रिफिङ गरेका थिए भने आफ्नो धारणा समेत राखेका थिए । त्यस्तै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्य विवरणका विषयमा मन्त्रालयका अधिकारीहरूले धारणा राखेका थिए ।

संघले ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई १५ बुँदे माग अघि सारेको थियो । जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायत माग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?