+
+
Shares

वैदेशिक रोजगार विभागमा श्रममन्त्रीको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले आज बिहान वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन् ।
  • महानिर्देशक मिरा आचार्यले मन्त्री यादवलाई विभागको दैनिक कामकारबाही र सेवा प्रवाहका विषयमा जानकारी गराएकी छन् ।
  • अनुगमनका क्रममा मन्त्री यादवले सेवाग्राहीका गुनासा सुन्दै कर्मचारीहरूलाई चुस्त र छिटो सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

५ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन् । उनी आज बिहान कार्यालय समय सुरु भएपछि विभागमा पुगेका थिए ।

मन्त्री यादवलाई विभागको कामकारबाहीबारे महानिर्देशक मिरा आचार्यले जानकारी गराएकी छन् । त्यसक्रममा मन्त्री यादवले कर्मचारीहरुबाट कामबारे जानकारी लिँदै केही पीडितहरुका गुनासा र समस्या पनि सुनेका छन् ।

पीडितहरुले पक्राउ पुर्जी जारी भएका व्यक्ति खुलेआम हिँडडुल गरिरहँदा पनि सम्बन्धित जिल्लाका प्रहरीहरुले पक्राउ नगरेको गुनासो मन्त्रीसमक्ष गरेका थिए ।

त्यसपछि मन्त्री यादवले पक्राउ गरेर उपस्थित गराउन सम्बन्धित जिल्लाका प्रहरीहरुलाई भन्न कर्मचारीहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?