फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित कालीगण्डकी नदीमा शनिबार बिहान करिब ४० वर्षका पहिचान नखुलेका पुरुषको शव फेला परेको छ।
- ढुंगामा अड्किएको शवको प्रहरी टोलीले जाँच र मुचुल्का गरी वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखेको छ।
- प्रहरीले मृतकको पहिचान खुलाउन उनलाई चिन्ने आफन्त वा अन्य व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सम्पर्क गर्न आग्रह गरेको छ।
७ कात्तिक, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ ।
कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब ११ बजे अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको हो ।
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।
प्रहरीले घटनास्थलमा शव जाँच, मुचुल्कालगायतका आवश्यक प्रक्रिया पूरा गरी शव वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।
मृतकको पहिचान खुल्न नसकेकाले उनलाई चिन्ने आफन्त वा अन्य व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4