+
+

इजरायल जान लागेका २४ जना नेपाली कामदार युद्धका कारण रोकिए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते २०:२०

२२ असोज, काठमाडौं । स्याहार केन्द्रमा सहायक कामदारको रुपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार रोकिएका छन् ।

श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको छनोट भएर उडान तालिका रहेका २४ कामदारहरु रोकिएको वैदेशिक रोजगार व्यवस्थापन शाखाले जनाएको छ ।

भिसा प्राप्त गरिसकेका २४ जना सहायक कामदारहरूको उडान तालिका २४ असोज, १ बजे तय भएकोमा रद्द भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

‘इजरायलको हालको संकटपूर्ण अवस्थामा उडान तालिका बमोजिम उडान प्रतिक्षामा रहेका कामदारहरूलाई इजरायलको यात्रा नगर्न एवम् इजरायको शान्ति सु–व्यवस्था सामान्य भएपश्चात वैदेशिक रोजगार सम्बन्धी थप कारवाही अगाडि बढाउने निर्णय भएको छ,’ मन्त्रालयका शाखा अधिकृत धनञ्जयकुमार शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

इजरायल जान रोकिएका कामदारको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?