२० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ६५ जना नगर प्रहरी माग गरेको छ । महानगरपालिकाले बुधबार सूचना प्रकाशित गरेर सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरुलाई करारमा नगर प्रहरीमा लिने जनाएको छ ।
महानगरले प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लागतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवदेनहरुमा सोही सूचीको योग्यता क्रम अनुसार करारमा भर्ना गरिन्छ ।’
सूचना प्रकाशित भएको १५ दिनभित्र नागरिकता, प्रवेश पत्रको प्रतिलिपि सहित प्रशासन विभागमा निवेदन बुझाउन सकिने महानगरले जनाएको छ ।
हेर्नुहोस् सूचना

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4