+
+
Shares

काठमाडौं महानगरका ४ एम्बुलेन्स पठाइयो नुवाकोट, दुई विमानस्थलमा तैनाथ

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनको भूमिकामा तयार रहेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीको आकस्मिक बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेँसीसहित नुवाकोट, धादिङ, चितवन र गोरखामा जनधनको ठूलो क्षति भएको काठमाडौं महानगर विपद् व्यवस्थापन समितिको बैठकमा छलफल भयो।
  • काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनमा तयारी रहेको र प्रतिकार्य सञ्चालन गर्ने निर्णय गर्‍यो।
  • समितिले समन्वय र सहजीकरणका लागि अनिरुद्र नेपाललाई तोक्यो, ४ एम्बुलेन्स नुवाकोट पठायो र २ एम्बुलेन्स विमानस्थलमा तयारी अवस्थामा राख्यो।
  • महानगरले चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गर्ने, घाइतेका लागि औषधि उपलब्ध गराउने र आवश्यक परे विपद् व्यवस्थापन कोषबाट सामग्री किन्ने निर्णय गर्‍यो।

१० भदौ, काठमाडौं । आज भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेँसी तथा नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रमा जनधनको ठूलो क्षतिबारे काठमाडौं महानगर विपद् व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनको भूमिकामा तयार रहेको बताएको छ ।

बैठकले प्रतिकार्य सञ्चालन गर्ने, समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवम् विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोक्ने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइएको छ । २ वटा एम्बुलेन्स त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई परिचालन गर्ने र घाइते बिरामीका लागि आवश्ययकता अनुसार औषधि उपलब्ध गराउने समितिले निर्णय गरेको छ ।

महानगरपालिका आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री आवश्यकता अनुसार प्रदान गरिने छ । सामान तथा औषधि अपुग हुने देखिए विपद् व्यवस्थापन कोषबाट खरिद गरेर उपलब्ध गराउने समितिले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?