+
+

वैदेशिक रोजगार विभागको अनलाइन सेवा सञ्चालनमा आउन अझै ३ दिन लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १०:१९

२४ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सर्भर अवरुद्ध रहेको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अरुद्ध नै रहने विभागले बताएको हो ।

एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुदाँ अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरुलाई समस्या भएको छ । तर यता वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन दाहालले अवरुद्ध भएको अनलाइन सेवा खुल्न अझै तीन दिन लाग्ने बताए ।

बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम बोल्दै सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा सुचारु हुन अझै तीन दिन लाग्न सक्ने उनले बताए ।

वैदेशिक रोजगारी सम्बन्धी सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको उनले बताए ।
सरकार सर्भिस दिने काम धेरै अगाडि गएपनि सर्भर २०६४ सालको नै भएकाले समस्या आएको उनले बताए ।

उनले अनलाइन सेवा ७५३ स्थानीय तहमा पुगे पनि जडित प्रविधिलाई समयअनुकूल स्तरोन्नती गर्न नसकिएको बताए । नयाँनयाँ प्रविधि र सर्भिसहरु दिइरहेकाले त्यही अनुसारको प्रविधिलाई समयअनुकूल स्तरोन्नति गर्न नसकिएको उनले बताए । सर्भर स्तरोन्नति गर्नका लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैयाँ छुट्याएकाले चाँडै काम थालनी गर्ने उनले बताए ।

‘वैदेशिक रोजगारी सम्बन्धी सेवा सहज बनाउने काममा बाधक सिस्टम छ । हामी सर्भिस दिने कुरामा धेरै अगाडि गयौं । ७५३ स्थानीय तहमा पुग्यौं । अनलाइन प्रणालीमा गयौं । तर हाम्रो सर्भर २०६४ सालको छ । त्यसलाई अपग्रेड गर्नेतिर गएकै छैनौं । अटोमेसनमा काम गर्ने सर्भर पुरानो छ’ उनले भने ।

नयाँ नयाँ प्रविधिहरुको प्रयोगबाट सर्भिसहरु दिने काम भइरहेपनि सर्भिस अनुसार सर्भर प्राविधिक रुपमा एड्भान्स हुन नसक्दा समस्या देखिएको उनले बताए । उनले भने, ‘अहिलेको अटोमेसन तत्काल लागू हुँदैन । दुई दिनसम्म सर्भर बनाउने काम सकिएको छैन । शतप्रतिशत डेटा ट्रान्सफर भएपछि अलि सहज हुन्छ । विभागले सर्भर अपग्रेड गर्नको लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैयाँ छुट्याएका छौं । सम्पूर्ण रुपमा सुधार हुन समय लाग्छ तर अहिलेको समस्या दुई तीन दिनमा समाधान हुन्छ ।’

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अनलाइन प्रविधिलाई स्तरोन्नति गर्न लागिएको बताए । स्थानीय तह, व्यक्तिगत, एजेन्सीहरुले पनि चलाउने हुँदा १२ सय भन्दा बढीले प्रयोग गर्दा सर्भरले धान्न नसक्दा समस्या आएको उनले बताए । सर्भरले १२ सय भन्दा बढीले एकै पटक प्रयोग गर्ने अपेक्षा नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?