+
+

भिजिट भिसामा यूएई जान लागेका ३ महिला विमानस्थलबाट फर्काइए, एजेन्ट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १५:०४

२५ फागुन, काठमाडौं । भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो ।

त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको उनले बताए ।

एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको शर्माले जनाए । उनीहरुले बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए ।

पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको एसएसपी शर्माले बताए ।

प्रहरीका अनुसार, भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोह नै सक्रिय छ । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरिएको भेटिएपछि प्रहरी जाँचमा कडाइ गरेको छ ।

रसियन सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा दूबई लगेर त्यहाँबाट मस्को पठाएको अनुसन्धानबाट देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?