+
१०औं राष्ट्रिय खेलकुद :

पौडीमा विकासले राष्ट्रिय कीर्तिमान बनाउँदै जिते स्वर्ण

२०८३ मंसिर  ८ गते १७:३९ २०८३ मंसिर ८ गते १७:३९

८ मंसिर, काठमाडौं । कोशी प्रदेशका विकास कुमालले १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेका छन् ।

उनले ५० मिटर ब्रेस्ट स्ट्रोकमा ३०.६४ सेकेण्डको समय निकाल्दै स्वर्ण जिते । सन् २०२३ मा ११औं एनएसए कपमा राखेको आफ्नै कीर्तिमान सुधार गरेका हुन् ।

यस इभेन्टमा त्रिभुवन आर्मीका जाडेन श्रेष्ठले रजत र नेपाल पुलिस क्लबका एर्भिन श्रेष्ठले कांस्य जिते ।

जाडेनले ३१.११ सेकेण्ड र एर्भिन ३३.५० सेकेण्ड समयमा दूरी पूरा गरे ।

१०औँ राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय