+
१०औं राष्ट्रिय खेलकुद :

महिला बास्केटबलमा एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

२०८३ मंसिर  ८ गते १४:३३ २०८३ मंसिर ८ गते १४:३३

८ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलमा विभागीय टोली एपीएफ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।

सुर्खेतको बास्केटबल कोर्टमा मंगलबार भएको पहिलो खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ५२-१९ ले हरायो ।

यस्तै सुदूरपश्चिमले बागमती प्रदेशलाई प्रतिस्पर्धात्मक खेलमा ३६-३३ ले पराजित गरेको छ ।

यसैगरी थ्री अन थ्री अन्तर्गत मंगलबारै भएको खेलमा आर्मीले एपीएफलाई १७-१२ र बागमतीले कर्णालीलाई ९-६ को स्कोरले पराजित गरेको छ ।

१०औँ राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय