+
राइजिङ स्टार्स एसिया कप :

पाकिस्तान शाहीन्सले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

२०८३ मंसिर  ८ गते १५:२४ २०८३ मंसिर ८ गते १५:२४

८ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्सले नेपालविरुद्ध टस जितेको छ।

पाकिस्तानका कप्तान अब्दुल समदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले लगातार तेस्रो खेलमा पहिले बलिङ गर्दै छ ।

नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो ।

सेमिफाइनल सम्भावना कायमै राख्न नेपाललाई जित्नैपर्ने दबाब छ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय