+
+
Shares

श्रमिकको अभिमुखीकरण शुल्क बढाएको विषयमा अध्ययन गर्न समिति गठन  

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १८:५६

३० फागनु, काठमाडौं । यसअघिका श्रममन्त्रीले वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क बढाएको लगायतका विषयहरुमा अध्ययन गर्न समिति गठन गरिएको छ ।

श्रमिकमाथि आर्थिक भार थप्ने गरी गरिएका विषयहरुमाथि अध्ययन गर्न भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा, दक्षिण कोरियामा ई–७ भिसामा कामदार पठाउने, विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट माग प्रमाणीकरण गर्ने लगायतका विषयमा  अध्ययन गर्न भनेर उक्त समिति गठन गरिएको हो ।

प्रधानमन्त्रीको निर्देशन तथा विभिन्न सञ्चारका माध्यममा आएका समाचारको सुझाव समेतलाई मध्यनजर गर्दै उक्त विषयहरु अध्ययन गरी २१ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेस गरिने मन्त्रालयले जनाएको छ ।

साथै यस उक्त विषयहरु तत्काल कार्यान्वयन नगर्न समेत प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

समितिले पेस गरेको प्रतिवेदन पछि मात्रै सोही आधारमा निर्णय गरी कार्यान्वयनमा गरिने जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?