News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना हुँदा चालक २८ वर्षीय भीम सिंह बुढामगरको उपचारका क्रममा मृत्यु भएको छ।
- मुसिकोटबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १०/१५ मिटर तल खस्दा पाँच जना घाइते भएका छन्।
- घाइतेमध्ये २ वर्षीय दिनेश केसी र १८ वर्षीया जेनिशा ओलीको अवस्था मध्यम रहेको तथा अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
१४ मंसिर, काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोमबार साँझ करिब ५ः५० बजे बाँफिकोट गाउँपालिका–८, दुलीस्थित कच्ची सडकखण्डमा जिप दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक भीम सिंह बुढामगरको मृत्यु भएको प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए । उनका अनुसार मुसिकोट नगरपालिका–८ निवासी २८ वर्षीय बुढामगरको उपचारको क्रममा गएराति करिब ११ः१० बजे मृत्यु भएको हो ।
मुसिकोटबाट बाँफिकोटको दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १०/१५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बाँफिकोट गाउँपालिका–८ दुली निवासी ३१ वर्षीया निर्मला केसी, २ वर्षीय दिनेश केसी, ३२ वर्षीया मनिषा बस्नेत, ३६ वर्षीय कर्णबहादुर खत्री र मुसिकोट नगरपालिका–१० निवासी १८ वर्षीया जेनिशा ओली घाइते भएका छन्। घाइतेमध्ये दिनेश केसी र निशा ओलीको अवस्था मध्यम रहेको तथा अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्या
प्रतिक्रिया 4