+
+
Shares

धादिङमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ७:२३

४ मंसिर, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गाडीमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ निवासी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?