+
+

‘सिप बिल्डिङ’मा सहभागी १८ जनाले मात्रै उत्पादनमूलक क्षेत्रको परीक्षाका लागि आवेदन दिन पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १८:४९

१२ पुस, काठमाडौं । दक्षिण कोरियामा पानी जहाज बनाउने (सिप बिल्डिङ) कामका लागि परीक्षा दिएका मध्ये १८ जनाले मात्रै उत्पादनमूलक क्षेत्रको परीक्षामा पनि सहभागी हुनका लागि आवेदन दिन पाउने भएका छन् ।

उच्च अदालत पाटनको अन्तिरिम आदेशपछि सिप बिल्डिङको परीक्षामा सहभागी भइसकेका १८ जनाले मात्रै उत्पादनमूलक क्षेत्रको परीक्षामा पनि आवेदन दिन अवसर पाउने भएका हुन् ।

सिप बिल्डिङ परीक्षामा सहभागी भएका सुरज पाठकसहित १८ जनाले उत्पादनमूलक क्षेत्रको कामका लागि लिइने परीक्षामा समेत आवेदन दिन पाउनु पर्ने भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले ५ पुसमा सिप बिल्डिङ कामका लागि परीक्षा दिइसकेका १८ जनालाई उत्पादनमूलक क्षेत्रको काममा लिइने परीक्षामा समेत सहभागी हुन निवेदन भर्न दिनु भन्दै अन्तरिम आदेश दिएको थियो ।

त्यससँगै ईपीएस शाखाले एक सूचना जारी गर्दै उनीहरूलाई उत्पादन क्षेत्रमा ईपीएसले लिने परीक्षाका लागि निवदेन दिन बोलाएको हो ।

उनीहरुलाई शुक्रबार दिउँसो पासपोर्ट, पापसपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षामा सहभागी भएको प्रवेश पत्रसहित तोकिएको शुल्क लिएर आवदेनका लागि बेलाएको छ ।

१८ जना बाहेक सिप बिल्डिङमा परीक्षामा सहभागी भएका अन्यले भने तत्कालका लागि ईपीएसले लिने परीक्षाका लागि आवदेन दिन नपाउने सूचनामा उल्लेख छ ।

यसअघि सन् २०२३ भित्र अन्य क्षेतर्फ कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरुले उत्पादनमूलक क्षेत्रका आवदेशन दिन नपाउने बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?