+

ICC Men T20 World Cup 2024 २०८१ जेठ १९, शनिबार - २०८० माघ १५, सोमबार,

# टिम P W D L Pts Form
समुह A
1
IND
0 0 0 0 0
2
PAK
0 0 0 0 0
3
IRE
0 0 0 0 0
4
CAN
0 0 0 0 0
5
USA
0 0 0 0 0
# टिम P W D L Pts Form
समुह B
1
ENG
0 0 0 0 0
2
AUS
0 0 0 0 0
3
NAM
0 0 0 0 0
4
SCOT
0 0 0 0 0
5
Oman
0 0 0 0 0
# टिम P W D L Pts Form
समुह C
1
NZ
0 0 0 0 0
2
WI
0 0 0 0 0
3
AFG
0 0 0 0 0
4
UGA
0 0 0 0 0
5
PNG
0 0 0 0 0
# टिम P W D L Pts Form
समुह D
1
NP
0 0 0 0 0
2
NED
0 0 0 0 0
3
BD
0 0 0 0 0
4
SA
0 0 0 0 0
5
SL
0 0 0 0 0
P Match Played
Pts Points
W Match Win
D Match Played Draw
L Match Lost

ICC Men T20 World Cup 2024 २०८१ जेठ १९, शनिबार - २०८० माघ १५, सोमबार

टी–२० विश्वकप २०२४ कहिले र कहाँ हुन्छ ?

आईसीसी टी–२० विश्वकप जेठ १९ देखि असार १५ (१ देखि ३० जून) सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

अन्य विश्वकप भन्दा यसमा के फरक छ ?

२०१६, २०२१ र २०२२ को विश्वकपमा ठूला टोलीहरू पहिलो चरणमा प्रतिस्पर्धा गर्दैनथे । तर यस पटक समूह चरणमा सबै टोली हुनेछन् । यसअघि १६ टोलीको सहभागिता थियो । यस पटक २० टोली सहभागी हुँदैछन् ।

यस विश्वकपमा डेब्यू गर्ने टोली कुन कुन हुन् ?

युगाण्डा, अमेरिका र क्यानडाले टी–२० विश्वकपमा डेब्यू गर्दैछन् । अमेरिका घरेलु टोली हुँदा सोझै विश्वकपमा पुगेको हो ।

क्यानडाले अमेरिका छनोटमा बर्मूडालाई तथा युगाण्डाले अफ्रिका छनोटमा टेष्ट टोली जिम्बाब्वेलाई पछि पारेर पहिलो पटक विश्वकप खेल्न लागेका हुन् ।

विश्वकपमा कुन टोली कुन समूहमा परेका छन् ?  

पहिलो पटक टी–२० विश्वकपमा २० टोली सहभागी हुँदैछन् । २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ए – क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका ।

समूह बी – अष्ट्रेलिया, इंग्ल्याण्ड, नामिबिया, ओमान, स्कटल्याण्ड ।

समूह सी – अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र वेष्टइण्डिज ।

समूह डी – नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका ।

समूह चरण, सुपर–८, सेमिफाइनल र फाइनल कुन–कुन मितिमा हुन्छ ?

समूह चरण : जेठ १९ देखि असार ३ (१ देखि १७ जून) सम्म हुनेछ ।

सुपर ८ : असार ५ देखि १० (१९ देखि २४ जून) ।

सेमिफाइनल : असार १२ र १३ गते (२६ र २७ जून) ।

फाइनल : असार १५ गते (३० जून) ।

वर्षा वा कुनै कारण खेल हुन नसके के हुन्छ ?

समूह चरण र सुपर–८ को खेलमा रिजर्भ डे छैन । वर्षा वा कुनै कारण खेल हुन नसके अंक बाँड्नुपर्छ ।

सेमिफाइनल र फाइनल खेलको मात्रै रिजर्भ राखिएको छ । तोकिएको दिन खेल हुन नसके अर्को दिन हुनेछ ।

कुनै पनि टिम सुपर ८ मा कसरी पुग्छन् ?

हरेक समूहमा पाँच टोली छन् । सबैले एकअर्कासँग खेल्नेछन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सुपर–८ मा स्थान बनाउने छन् ।

सेमिफाइनलमा कुन टोली कहाँ पर्दछन् ?

सुपर ८ मा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार देश हुनेछन् । ग्रुप ‘ए’ मा समूह ‘ए’ को विजेता, समूह ‘बी’ को उपविजेता, समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता हुनेछन् ।

ग्रुप ‘बी’ मा समूह ‘ए’ को उपविजेता, समूह ‘बी’ को विजेता, समूह ‘सी’ को उपविजेता र समूह ‘डी’ को विजेता हुनेछन् ।

विश्वकपमा कुल कति खेल हुन्छन् ?

समूह चरणमा ४०, सुपर ८ मा १२, सेमिफाइनल २ र फाइनल १ गरी कुल ५८ खेल हुनेछन् ।

यो पटक विश्वकपका खेलहरू कतिवटा मैदानमा हुनेछन् ?

वेष्टइण्डिजमा ६ र अमेरिकामा ३ गरेर कुल ९ खेल मैदानमा खेल हुनेछन् ।

विश्वकपमा एउटा खेलको समय कति हुन्छ ?

विश्वकपको एउटा म्याचको समय लगभग ३ घण्टा २० मिनेट हुनेछ । यसमा दुवै टोलीको इनिङ, ब्रेक टाइम र ड्रिंक्स ब्रेक समावेश हुनेछन् ।

एउटा टोलीमा कति खेलाडी हुन्छन् ?

एक टोलीमा १५ खेलाडी ।

नेपालले कतिऔं पटक विश्वकप खेल्दैछ ?

नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ । यसअघि २०१४ मा बंगलादेशमा टी–२० विश्वकपमा डेब्यू गरेको थियो ।

टी–२० विश्वकप कहिलेदेखि सुरु भएको हो ?

सन् २००७ देखि टी–२० विश्वकप दक्षिण अफ्रिकाबाट सुरु भएको हो । २०२४ को नवौं संस्करण हो ।

हालसम्म टी–२० विश्वकप कुन देशले जितेका छन् ?

वेष्टइण्डिज – २०१२ र २०१६

इंग्ल्यान्ड – २०१० र २०२२

भारत – २००७

पाकिस्तान – २००९

श्रीलंका– २०१४

अष्ट्रेलिया– २०२१

विश्वकपमा सर्वाधिक ठूलो र कम योगफल कुन देशको नाममा छ ?

सर्वाधिक ठूलो श्रीलंकाले २००७ मा केन्या विरुद्ध २६० तथा सबैभन्दा कम नेदरल्याण्ड्स २०१४ मा श्रीलंकासँग ३९ रनमा अलआउट ।

टी–२० विश्वकपमा सर्वाधिक रन ?

टी–२० विश्वकपमा भारतका विराट कोहलीले २०१२, २०१४, २०१६, २०२१ र २०२२ को संस्करणमा गरेर १,१४१ रन बनाएका छन् ।

विश्वकपमा व्यक्तिगत उच्च स्कोर ?

न्युजिल्याण्डका ब्रेन्डम म्याकुलमले २०१२ मा बंगलादेश विरुद्ध बनाएको १२३ नै टी–२० विश्वकपको व्यक्तिगत उच्च स्कोर ।

विश्वकपमा सर्वाधिक विकेट ?

बंगलादेशका सकिब अल हसनले २००७ देखि सबै विश्वकप खेल्दै ३६ खेलमा सर्वाधिक ४७ विकेट लिएका छन् ।

विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी ?

भारतका रोहित शर्माले २००७ देखि हालसम्म सबै संस्करण खेल्दै सर्वाधिक ३९ र सकिब अल हसनले ३६ खेल खेलेका छन् ।

सर्वाधिक खेलमा कप्तानी गर्ने कप्तान ?

२००७ देखि २०१६ सम्म भारतका महेन्द्रसिंह धोनीले सर्वाधिक ३३ खेलमा कप्तानी गरेका छन् । त्यसपछि वेष्टइण्डिजका ड्यारेन सामीले २०१२ र २०१६ मा दुवै विश्वकप जित्दा १८ खेलमा कप्तानी गरेका थिए ।