
फक्रन नपाएको किशोरको कला
किशोर महतोलाई नेपाली फास्ट बलिङमा विकल्पको रुपमा हेरिएको थियो । उनेर समूहबाट उदाएका किशोरले विस्तारै आफ्नो प्रदर्शनलाई परिपक्क बनाउँदै लगेका थिए । किशोरसँग पेस बलरका लागि चाहिने उचाई छ । उनी ५ फिट ११ इन्च अग्ला छन् ।
उमेर समूहमा आफूसँगै खेलेका अधिकांश खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै लगायत सिनियर टिममा खेल्दा किशोरले भने धेरै मौका पाएनन् । फास्ट बलिङमा सोमपाल कामी र करण केसीको वर्चस्व रहेका बेला धेरै पेस बलर आएपनि टिममा निरन्तरता पाउन सकेनन् ।
किशोरले राम्रो सम्भावना देखाएपनि उनले फक्रने अवसर पाएनन् । त्यसैले उनी सम्भावनाको खोजीमा विदेशिन बाध्य भए । राष्ट्रिय टिममा अवसर नपाएपछि उनी २०८० साल असोजमा अष्ट्रेलिया लागे ।
२०७६ फागुनमा एसीसी इस्ट्रन रिजन टी-२० का लागि पहिलोपल्ट सिनियर टिममा परे पनि डेब्यु गर्न पाएनन् । समकालीन साथीहरूको तुलनामा पछि परे पनि एकदिव पक्कै समय आउनेछ भनेर उनले आफूलाई तयार राखिरहे । उनलाई थाहा थियो, ‘कुनै दिन अवसर आउनेछ ।’ उनले सिनियर टिमबाट डेब्यु गर्ने अवसर पनि पाए । तर त्यसमा निरन्तरता भएन ।
किशोरले २०७९ साल साउनमा क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्ध उसैको मैदानमा डेब्यु गरेका थिए । त्यसपछि उनले गत वर्ष वानडे विश्वकप छनोटमा थप एक ओडिआई खेल्ने अवसर पाए ।
भारतमा क्रिकेट सिकाइ
नेपालका अधिकांश खेलाडीको क्रिकेट फाउण्डेसनको सुरुवात भारतबाटै हुन्छ । किशोर पनि त्यसमा अछुतो छैनन् ।
नवलपुर कावासोतीका २४ वर्षीय किशोरले भारतबाटै क्रिकेटको आधारभूत ज्ञान लिएका थिए । मजदुरी गर्ने आमा बुबा सँगै किशोर पनि भारत गएका थिए । सानो क्लबमा सनियर दाईहरुले क्रिकेट सिकाउदा किशोर पनि रमाइलोका लागि खेल्थे ।
भारतमा गल्ली क्रिकेट खेल्ने किशोर आमाबुबासँगै नेपाल फर्किँदा १५ वर्षका थिए । बुबाको प्रयासमा उनी चितवन क्रिकेट एकेडेमीमा भर्ना भए र उनको वास्तविक करिअर सुरु भयो । नेपालका पूर्व कप्तान राजु खड्कासँग उनले चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षक लिन थालें । त्यहाँबाट धेरै कुराहरु सिक्ने अवसर पाए ।
राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पनि त्यही एकेडेमीका उत्पादन हुन् ।किशोर एकेडेमीमा भर्ना हुँदा दीपेश श्रेष्ठ, सुशील कँडेल, आकाश थापा जस्ता खेलाडीहरु त्यहीँ प्रशिक्षणरत थिए ।
किशोरले सन् २०१६ डिसेम्बरमा श्रींलकामा भएको यु-१९ एसिया कपका लागि आयोजित ट्यालेन्ट हन्टमा सहभागिता जनाएका थिए । तर टिममा छनोट हुन सकेनन् । राष्ट्रिय टिमको बाटो बन्द भए पनि घरेलु क्रिकेटमा पहिचान बनाउन थाले ।
सन् २०१७ मा सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट किशोरले मध्यमाञ्चलबाट खेले । त्यही वर्ष एसीसी यु-१९ एसिया कप खेले । यु-१९ एसिया कप छनोटको रुपमा रहेको यस प्रतियोगितामा उनले सिंगापुरविरुद्ध डेब्यु गर्दै ६ ओभरमा ३ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिए ।
संघीय संरचनाअनुसार पीएम कपको दोस्रो संस्करण उनले बागमती प्रदेशबाट र तेस्रो संस्करण गण्डकी प्रदेशबाट खेले । त्यसपछि दुई संस्करण विभागीय टोली एपीएफबाट खेले ।
फ्रेञ्चाइज क्रिकेटमा एभरेष्ट्र प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग सबै खेलिसकेका छन् ।
अब मंसिर १५ देखि सुरु हुने नपाल प्रिमियर लिग खेल्न उनी नेपाल आउँदैछन् र जनकपुर बोल्ट्सबाट खेल्नेछन् । उनले यसअघि २०२२ मा भएको नेपाल टी२० लिग लुम्बिनी अल स्टार्सबाट खेलेका थिए । जहाँ उनको टिम च्याम्पियन बनेको थियो ।
राष्ट्रिय टिममा डेब्यु
किशोरले लिस्ट ए मार्फत नेपालक लागि डेब्यु गरेका थिए । २०७९ बैशाखमा टीयू मैदानमा भएको जिम्बाबे ए टिमसँगको एक दिवसीय खेलबाट उनले सिनियर टिमबाट डेब्यु गरेका थिए । टेष्ट मान्यता प्राप्त राष्ट्रको ‘ए’ टिमसँगको खेलले लिष्ट ए मान्यता पाएको थियो । त्यस अवसरलाई उनले राम्रोसँग सदुपयोग गरे ।
पहिलो पटक टेष्ट राष्ट्रको ‘ए’ टिमसँग खेलेको नेपालले तीन खेलको एक दिवसीय शृंखला २-१ ले जित्यो । त्यसमा किशोरले तेस्रो खेलमा मात्र अवसर पाए । पहिलो अवसरलाई नै गज्जबले सदुपयोग गरेका किशोरको प्रदर्शन ७-१-४३-५ रहृयो ।
३३ ओभरमा छोट्याएको खेलमा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले ६ विकेटले खेल जित्दै शृंखला आफ्नो पक्षमा पारेको थियो ।
७ ओभरमा ४३ रन दिएर ५ विकेट लिएका किशोर प्लेअर अफ दि म्याच बने । त्यस खेलले किशोरलाई ठूलो आत्मविश्वास दिएको थियो ।
लिस्ट एमा राम्रो प्रदर्शन गरेपछि उनले सिनियर टिममा अवसर पाए ।
साढे दुई वर्षअघि नै नेपालको राष्ट्रिय टिममा परे पनि किशोरले टी-२० अन्तर्राष्ट्रिमा खेल्न पाएका थिएनन् । जिम्बावे ए टिममाथिको प्रभावशाली बलिङले उनलाई सिनियर टिममा निरन्तरता मिल्यो ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपालको टिममा परे पनि खेल्न पाएनन् ।
सिनियर दुई बलरको विकल्पका साथै विकेटको अवस्थाअनुसार उनलाई टिममा सामेल गराइएको थियो । स्कटल्याण्डमा भएको लिग टु शृंखलामा पनि किशोरले राष्ट्रिय टिममा निरन्तरता पाए । नामिबिया र स्कटल्याण्ड सहभागी उक्त शृखंलाको सुरुआती तीन खेल किशोरले बेञ्चमै बसेर हेरे ।
अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध टिममा परे । उनलाई नेपालका बलिङ कन्सलट्यान्ट धम्मिका प्रसादले डेब्यु क्याप प्रदान गरे ।
किशोर आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत १ साउन २०२७९ मा ग्लास्गोमा भएको खेलमा घरेलु टोली स्कटल्याण्डविरुद्ध डेब्यु गरे । उनी ओडिआईमा नेपालका लागि खेल्ने ३४औं खेलाडी बने ।
एक दिवसीय अन्तर्राष्ट्रिय डेब्युमा भने किशोरले आफूलाई प्रमाणित गर्न सकेनन् । लामो पर्खाइपछिको अवसरमा उनी ब्याटिङतर्फ रनविहीन र बलिङतर्फ विकेटविहीन रहे । उनी ९ बल खेलेर खाता नखोली अविजित रहे । बलिङमा ३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । त्यो खेल नेपालले ८ विकेटले गुमाएको थियो ।
त्यसपछि २०२३ मा जिम्बाव्वेमा भएको वानडे विश्वकप छनोटमा उनले आयरल्याण्ड विरौध खेल्दै २ विकेट लिए । नेपालको लागि त्यो नै उनको अन्तिम खेल थियो ।
-गोविन्दराज नेपाल
Read Fullप्लेयर्स टु वाच



