- C रोहितकुमार पौडेलब्याट्समेन
- सन्दीप जोराब्याट्समेन
- डार्शी शर्टब्याट्समेन
- आकाश त्रिपाठीब्याट्समेन
- करण घर्ती मगरब्याट्समेन
- WK निरोशन डिक्वेलाविकेट किपर
- WK दिलिप नाथविकेट किपर
- WK आसिफ शेखविकेट किपरओपनिङ र विकेट किपिङमा निर्विकल्प
- शमिम हुसेनअलराउण्डर
- दिनेश अधिकारीअलराउण्डर
- अरनिको यादवअलराउण्डर
- रुबेन ट्रम्पलम्यानबलर
- शेर मल्लबलर
- शाड्ली भान शाकवाइकबलर
- अभिशेष गौतमबलर
- तिलक राज भण्डारीबलर
- किशोर महतोबलर
- दुर्गेश गुप्ताबलर
- अजय चौहानबलर
- 0Matches
- 0–0Won–Lost
- 0.000Net run rate
- —Highest total
- —Lowest total
- 0Sixes
Top Run Scorers
Statistics will appear after play begins.
Top Wicket Takers
Statistics will appear after play begins.
Most Sixes
Statistics will appear after play begins.
Best Partnerships
Partnerships will appear after play begins.
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
८ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। ३१ वर्षीय एलेन दायाँहाते ब्याटर र बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी…
हिमालय स्पोर्ट्स ‘रेड बुल क्रिकेट लाइभ’ का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगे
हिमालय स्पोर्ट्सबाट प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’ का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगेका छन् ।
राइजिङ स्टार्स एसिया कप : नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग एउटै समूहमा
७ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपमा नेपाल भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै समूह ‘बी’ मा परेको छ। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। प्रतियोगितामा…
कायरोन पोलार्ड मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त
७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता मुम्बई इन्डियन्सले कायरोन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सन् २०२७ को आईपीएलअघि पोलार्डले महेला जयवर्धनेको स्थान लिने भएका हुन्। मुम्बईसँग सन् २०१० देखि आबद्ध पोलार्ड पछिल्ला चार…
मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ : अध्यक्ष घिमिरे
७ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरलाई आगामी तेस्रो नेपाल प्रिमियर लिग…
वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै…
पाकिस्तानी पेस बलर हुनेन शाहले जनकपुरबाट एनपीएल खेल्ने
७ कात्तिक, काठमाडौं । पाकिस्तानी पेस बलर हुनेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। २२ वर्षीय दायाँहाते बलर हुनेन पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहका भाइ हुन्। जनकपुरले उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको…
प्लेअफ नपुगेको एकमात्र टोली पोखरा एभेन्जर्सको ठूलो लक्ष्य
पोखरा मात्र यस्तो टिम हो जो अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र अब पोखराको पहिलो लक्ष्य नै एनपीएलमा प्लेअफमा स्थान बनाउने र त्यसपछि उपाधितर्फको यात्रा तय गर्ने हुनेछ ।
बंगलादेशका शमिम हुसेनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने
६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि बंगलादेशका ब्याटिङ अलराउन्डर शमिम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने हुसेनको आगमनले लायन्सको ब्याटिङ लाइनअप थप…
डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने
छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
एनपीएलको पहिलो खेलको टिकट सोल्ड आउट
५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन्। बिहीबार साँझदेखि बिक्री खुला गरिएको पहिलो खेलको टिकट सोल्ड आउट भएको हो। खेलका लागि साधारणतर्फको टिकट मूल्य ५०० रुपैयाँ र प्रिमियमतर्फको टिकट…
पहिलो सिजनजस्तै चर्चा र लयको खोजीमा कर्णाली याक्स
पहिलो सिजन शिखर धवन अनुबन्ध गरेर चर्चा बटुलेको कर्णाली प्लेअफमा पनि पुगेको थियो । दोस्रो सिजन भने लयमा नदेखिएको कर्णाली लिग चरणमा छैटौं भयो ।
लुम्बिनी लायन्स 2026 को परिचय
Lumbini Lions 2026NPL- Nepal Premier League 2026
रोहितकुमार पौडेलCaptain
टिनु योहान्नानCoach
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) मा त्यस्तो टोली हो जसले सुरुवाती दुई सिजनमै असफलता देखि सफलतासम्म दुवै प्राप्त गरेको छ ।
पहिलो सिजन पूछारमा रहेर लिग सकाएको लुम्बिनीले दोस्रो सिजन शानदार पुनरागमन गर्दै च्याम्पियन बनेर ट्रफी उचाल्यो ।
तत्काल राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा राम्रा विदेशी खेलाडीहरुको साथमा लुम्बिनीले दोस्रो सिजनको उपाधि जितेको थियो ।
पहिलो सिजनको असफलताले ठुलो पाठ सिकेको लुम्बिनीले दोस्रो सिजनमा सुधारिएको प्रदर्शन गर्दै च्याम्पियन टोलीको हैसियत बनाएको हो ।
तेस्रो सिजनको लागि पनि लुम्बिनीले उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी थालिसकेको छ भने विदेशि खेलाडी र मुख्य प्रशिक्षक नियुक्त लगायत कामहरु पनि गरिरहेको छ ।
लुम्बिनीले तेस्रो सिजनअघि रेड पल्टन च्याम्पियनसिप आयोजना गर्दै लुम्बिनी प्रदेश भित्रका युवा खेलाडीहरुका लागि पनि आफ्नो प्रतिभा देखाउने राम्रो अवसर दिएको थियो ।
लुम्बिनीको लागि दोस्रो सिजनको उपाधि यात्रा रोलरकोस्टर जर्नी जस्तै रह्यो । सुरुवाती चार खेलमा एक खेल मात्र जितेको लुम्बिनी लिग चरणबाटै बाहिरिने खतरामा पुगिसकेको थियो ।
तर लिग चरणका अन्तिम तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेपछि ७ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा लिग सकायो र प्लेअफमा स्थान बनायो ।
पहिलो खेलमै खचितवन राइनोजलाई हराएर राम्रो सुरुवात गरेपनि लुम्बिनी त्यसपछि कर्णाली याक्स, काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोएल्ससँग लगातार पराजित भएको थियो । तर त्यसपछि भने लुम्बिनीमाले सानदार कमब्याक गर्दै लगातार तीन खेल जित्ने क्रममा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सलाई पराजित गर्यो ।
प्लेअफमा पुग्ने चार टिम मध्ये सबैभन्दा तल रहेको लुम्बिनीका लागि च्याम्पियन बन्नु चानचुने कुरा थिएन । तर त्यसपछि भने लुम्बिनीले लसिग चरणको अन्तिम तीन खेल जित्दाको लय कायम राख्दै फाइनल पुग्यो । एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई हराएको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्यो ।
लुम्बिनी भन्दा अघि नै सुदुरपश्चिम रोएल्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको थियो । दोस्रो प्रयासमा च्याम्पियन बन्ने लक्ष्य राखेको सुदूरपश्चिम रोएल्सललाई फाइनलमा ६ विकेटले पराजित गर्दै लुम्बिनीले जितको कथा लेखेको थियो ।
कोर टिम रिटेन
दोस्रो सिजनमा च्याम्पियन बनाएको टोलीबाट लुम्बिनीले आफ्नो कोर टिम तेस्रो संस्करणका लागि पनि रिटेन गरेको छ । लुम्बिनीले नेपालीतर्फ ७ खेलाडी रिटेन गरेको थियो ।
कप्तान रोहित पौडेलसहित शेर मल्ल सन्दिप जोरा तिलक भण्डारी अभिशेष गौतम दिनेश अधिकारी र दिलिप नाथलाई रिटेन गरेको थियो ।
दोस्रो सिजन च्याम्पियन बनाउन ती खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । शेर मल्लले संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिएका थिए ।
यस्तै विदेशी खेलाडीतर्फ पनि च्याम्पियन बनाउन सहयोग गर्ने डार्सी शर्ट रुबेन ट्रम्पलम्यान र निरोसान डिकवेलालाई लुम्बिनीले तेस्रो सिजनको लागि पनि अनुबन्ध गर्दै निरन्तरता दिएको छ । च्याम्पियन टोलीका अधिकांश खेलाडीलाई साथमा राख्दै लुम्बिनीले टिम एकता कायम राखेको छ ।
यस्तै लुम्बिनीले दोस्रो सिजन च्याम्पियन बनाउने टिमका मुख्य प्रशिक्षक भारतीय टिन योहान्नानलाई पनि मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ ।
लुम्बिनीको टिम यस पटक सन्तुलित बनेको छ । राष्ट्रिय टिमका ओपनर आसिफ शेखको आगमनपछि ओपनिङमा देखिएको समस्या पनि हल भएको छ ।
ओपनिङमा आसिफसँगै अष्ट्रेलियन खेलाडी डार्सी शर्ट हुनेछन् । यस्तै कप्तान रोहित पौडेल सहित सन्दीप जोरा अनी श्रीलंकन विकेटकिपर नोसन डिकवेलाले मिडल अर्डर सम्हाल्नेछन् ।
तीन विदेशी खेलाडी अझै अनुबन्ध गर्न बाँकी रहेकोले लुम्बिनीले फिनिसर वा अलराउण्डर भित्र्याउन सक्छ ।
बलिङमा नेपाली स्पीनरहरु शेर मल्ल, तिलक भण्डारी र अभिषेश गौतम छन् भने पेस बलिङमा नामिबियामा रुबेन ट्रम्पलम्यानलाई लुम्बिनीले तेस्रो सिजनका लागि पनि अनुबन्ध गरिसकेको छ ।
ट्रम्पलम्यानलाई पेसमा सघाउने अर्का मिडियम पेसर र अलराउण्डरको आगमनपछि लुम्बिनीको टिम बलियो बन्नेछ ।
अक्सनमा भाग्यमानी
लुम्बिनीले कोर टिम रिटेन मात्र गरेको छैन अक्सनबाट पनि राम्रा खेलाडी लिन सफल भयो । जनकपुर बोल्ट्सले मार्की प्लेअर आसिफ शेख रिलिज गर्दा ठुलो चर्चा बनेको थियो ।
त्यो खेलाडीलाई अनुबन्ध गर्न अक्सनमा सबैले प्रयास गरेका थिए । तर चितवन राइनोजबाहेक ७ खेलाडीले बिड गर्दा लक्की ड्र मा लुम्बिनीले नै आसिफ शखेलाई प्राप्त गर्यो । यस मानेमा लुम्बिनी भाग्यमानी समेत रह्यो ।
त्यति मात्र होइन लुम्बिनीले जनकपुरबाटै खेलिसकेका किशोर महतो र अरनिको यादवलाई पनि अक्सनबाट अनुबन्ध गर्यो । किशोरलाई पनि लुम्बिनीले अक्सनमा लक्की ड्र बाटै प्राप्त गरेको थियो ।
यस्तै लुम्बिनी लायन्ससँगै सुरुवाती दुई सिजन टिममा रहेका युवा मिडियम पेसर दुर्गेश गुप्तालाई पनि लुम्बीले अक्सनमार्फत टिममा लियो भने आफ्नै प्रदेशका अर्का युवा खेलाडी अजय चौहानलाई पनि तेस्रो सिजनका लागि टिममा राखेको छ ।
लुम्बिनी लायन्स टिम २०२६
रिटेन गरिएका खेलाडी : रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, शेर मल्ल, दिलिप नाथ
अक्सनमा अनुबन्ध खेलाडी : आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यावद, अजय चौहान
विदेशी खेलाडी : डार्शी सर्ट, रुबेन ट्रम्पलम्यान, निरोसन डिकवेला
मुख्य प्रशिक्षक : टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुवास खकुरेल

























