शेर मल्ल
नेपाल, बलर
नेपाल, बलर धनगढीका शेर मल्ल मिस्ट्री बलरको रुपमा चिनिन्छन् । नेपाली राष्ट्रिय टोलीको सदस्य समेत रहेका शेर मल्ल नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सबाट खेल्छन् ।
शेर मल्ल एक मात्र त्यस्ता खेलाडी हुन् जसले दुई पटक एनपीएलको उपाधि जितिसकेका छन् । पहिलो सिजन जनकपुर बोल्ट्सबाट एनपीएल उपाधि जितेका शेरले दोस्रो सिजन लुम्बिनीबा६ उपाधि जितेका हुन् । पहिलो सिजनपछि जनकपुरले शेरलाई रिलिज गर्दा लुम्बिनीले अक्सनबाट शेरलाई अनुबन्ध गरेको थियो । जसमा लुम्बिनी भाग्यमानी बन्यो । स्पीनर बलिङसँगै लोअर अर्डरमा ब्याटिङ समेत गर्न सक्ने शेरको बगमनले लुम्बिनीको स्पीन डिपार्टमेन्ट पनि बलियो बनेको थियो । दोस्रो सिजन लुम्बिनीलाई च्याम्पियन बनाउन शेरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिएका थिए । जसका कारण तेस्रो सिजनका लागि लुम्बिनीले शेरलाई रिटेन गरेको छ ।
शेर हाल नेपालको राष्ट्रिय टिमको पनि नियमित सदस्य बनिसकेका छन् ।
उनले भारत र श्रीलंकामा भएको आईसीसी टी२० विश्वकपमार्फत नेपालको टी२०आई टिमबाट डेब्यु गरेका थिए । विश्वकपमा इंग््लयान्ड विरुद्ध डेब्यु खेल्दै उनले विकेट लिएका थिए । त्यसयता उनी नियमित जसो टी२० टिममा छन् । उनले नेपालका लागि ४ टी२०आई म्याच खेलिसकेका छन् ।
यस्तै केही समयअघि मलेसियामा भएको एसीसी प्रिमियर कपमा उनले ओमान विरुद्ध खेल्दै ओडिआईमा पनि डेब्यु गरिसकेका छन् ।
शेरको अर्को विशेषता भनेको उनी बायाँ हाते ब्याटर हुन् । लोअर अर्डरमा आवश्यक पर्दा उनी ब्याटिङबाट पनि राम्रो योगदान दिन सक्छन् ।
शेरले युवा उमेरमै सुदूरपश्चिम प्रदेशको सिनियर टोलीको कप्तानी गर्दै राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छन् । उनले नेपाल यू-१९ र नेपाल ए टिमबाट पनि खेलिसकेका छन् ।
Read Fullप्लेयर्स टु वाच


















