+
Home Sports Cricket साबित्री धामी

साबित्री धामी
नेपाल, विकेट किपर

Full Name: साबित्री धामी
Nationality: नेपाल
Position: विकेट किपर

साबित्री नेपाली यू-१९ क्रिकेट टिमकी ब्याटर हुन् । १६ वर्षीय साबित्रीले सना प्रवीणसँग मिलेर ओपनिङ ब्याटिङ पनि गर्ने गर्छिन् भने विकेटकिपिङ पनि गर्छिन् ।

उनी यू-१९ टी२० विश्वकप छनोटदेखि नेपाली टिमको सदस्य रहँदै आएकी छन् । महेन्द्रनगरमा जन्मिएकी उनले ११ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् ।

सानोमा साथीहरूले क्रिकेट खेलेको देखेर क्रिकेट सुरू गरेकी साबित्रीले आफू पढ्ने स्कुलमा क्रिकेट एकेडेमी खुलेको केही समयमा त्यहीँ जोडिएर उनको यात्रा सुरू भएको थियो । उनले सुदूरपश्चिम प्रदेशबाट पीएम कप महिला राष्ट्रिय क्रिकेट खेलेकी छन् ।

भारतीय क्रिकेटर शुभमन गिलबाट प्रभावित भएको बताउने साबित्री ऐतिहासिक विश्वकप खेल्ने टोलीमा हुन पाउँदा निकै उत्साहित छिन् । उनले विश्वकपमा ठुलो टिमसँग राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

Read Full