रासिद खान
नेपाल, अलराउण्डर
नेपाल, अलराउण्डर झट्ट सुन्दा उनको नाम अफगानिस्तानका विश्व चर्चित खेलाडी राशिद खानसँग मिल्छ । तर नेपाली क्रिकेटमा पनि यही नामका एक खेलाडी छन्, जसले आफ्नो छुट्टै पहिचान बनाइरहेका छन् । अफगानिस्तानका राशिद लेगस्पीनर हुन् भने नेपालका २५ वर्षीय रासिद मिडियम पेसर हुन् । अफगानिस्तानकै राशिद जस्तै नेपालका रासिद खान पनि ब्याटिङ गर्न सक्छन् । नेपाली रासिद आवश्यक पर्दा वान डाउन देखि मिडल अर्डर र लोअर अर्डरमा पनि ब्याटिङ गर्न सक्छन् ।
वीरगन्जका जन्मिएका नेपाली क्रिकेटर रासिद खान दायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन् । अफगानिस्तानका रासिद खानभन्दा फरक, उनी तीव्र गतिमा बलिङ गर्ने नेपाली खेलाडी हुन् । रासिदको मुख्य विशेषता दायाँहाते मध्यम गतिको बलिङ हो । घरेलु क्रिकेटमा बलिङसँगै तल्लो तथा मध्यक्रममा ब्याटिङ योगदान दिन सक्ने खेलाडीका रूपमा देखिएका छन् ।
नेपालको उमेर समूह हुँदै नेपालको राष्ट्रिय टोलीबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका उनी घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन् । यस्तै उनले विभिन्न फ्रेन्चाइज टिमबाट समेत खेलिसकेका छन् ।
सन् २०१९ मा नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष क्रिकेट प्रतियोगितामा नेपाली टोलीमा रहेका उनले भुटानविरुद्ध खेल्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे । त्यस प्रतियोगितामा नेपालले कांस्य पदक जितेको थियो ।
उनले घरेलु क्रिकेटमा मध्यमाञ्चल विकास क्षेत्र हुँदै प्रदेश संरचनामा प्रदेश २ र त्यसपछि विभागीय टोली नेपाल पुलिसबाट खेलिरहेका छन् ।
उनले एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रिओट्स, धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्स र टिम चौराह धनगढी अनी पोखरा प्रिमियर लिगमा पोखरा पल्टन्सबाट खेलेका थिए ।
पछिल्लो समय भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा भने उनी सुरुदेखि नै राजधानीको टिम काठमान्डु गोर्खाजमा आबद्ध छन् । गोर्खाजले दोस्रो र तेस्रो सिजन उनलाई टिममा रिटेन गरेको थियो ।
Read Full
प्लेयर्स टु वाच


















