विनोद भण्डारी
नेपाल, विकेट किपर
नेपाल, विकेट किपर भण्डारी अनुभवी विकेटकिपर ब्याटर हुन् । दायाँहाते ब्याटर भण्डारी ओपनिङ ब्याटरका लागि परिचित छन् । कञ्चनपुरमा जन्मिएका उनले सन् २०१४ मा हङकङविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय अन्तरौष्ट्रय क्रिकेटमा डेब्यु गरेका भण्डारीले टी–२० विश्वकप २०१४ मा नेपालको प्रतिनिधित्व गरेका थिए ।
भण्डारीले घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबबाट लामो समय खेल्दै आएका छन् । उनी नेपालका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा समेत सहभागी हुँदै आएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दुवै संस्करण सूदुरपश्चिम रोयल्सबाट खेलेका थिए । दोस्रो संस्करणमा उनले उत्कृष्ट प्रदर्शन गर्दै २६४ रन बनाएका थिए । यस्तै पहिलो संस्करणमा २३५ रन बनाएका थिए । दुवै संस्करणमा सुदूरपश्चिमलाई उपविजेता बनाउन भण्डारीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
विकेटकिपिङमा अनुभव र ब्याटिङ क्षमता भएका भण्डारी घरेलु क्रिकेटका भरपर्दा खेलाडीमध्ये एक हुन् । लामो समयको खेल अनुभव, दबाबमा ब्याटिङ गर्न सक्ने क्षमता र टोलीको आवश्यकताअनुसार भूमिका निर्वाह गर्न सक्ने खुबी उनका विशेषता हुन् ।
Read Fullप्लेयर्स टु वाच
















