+
Home Sports Cricket विवेक यादव

विवेक यादव
नेपाल, ब्याट्समेन

Full Name: विवेक यादव
Nationality: नेपाल
Position: ब्याट्समेन

नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट हुँदा उदाएका खेलाडी हुन्– विवेक यादव । टी-२० विश्वकप छनोटका ३ खेलमा मात्र ४२ रन बनाएका उनले त्यसैमध्येको एक खेलमा बलिङ गरेर १ विकेट हात पारेका थिए ।

पूर्व क्रिकेटर शरद भेषावकरले उनलाई त्यसबेला ‘फाइन्ड अफ दि टुर्नामेन्ट’ अर्थात् प्रतियोगिताबाट भेटिएका उदीयमान खेलाडी भन्ने उपनाम दिए । प्रशिक्षक मोन्टी देसाईले पनि नेपाली टिममा थपिएको एक आशलाग्दा खेलाडी भन्दै विवेकको तारिफ गरे ।

टी२० विश्वकप छनोटमा समूह चरणको अन्तिम खेलमा उनले ओमान विरुद्ध ३९ रन बनाएका थिए । १४६ रनको लक्ष्य पछ्याएको नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको बेलामा सुरुका ३ बलमा छक्का हानेर विवेकले नेपाललाई जित नजिक पुर्‍याएका थिए ।

त्यो ३ छक्का विवेकको करिअर लाइमलाइटमा आउने एउटा टर्निङ भयो । १२.४ ओभरमा गुल्सन झा आउट भएपछि आठौं नम्बरमा ब्याटिङमा आएका उनी २४ बलमा ५ छक्काको मद्दतमा ३९ रन बनाएर अन्तिम ओभरको चौथो बलमा क्याच आउट भएका थिए । बिलाल खानको बलमा उनी आउट हुँदा नेपाललाई जितका लागि ३ बलमा ७ रनको खाँचो थियो ।

यो खेलमा नेपाल ५ रनले पराजित भयो । तर विवेकलाई अबका दिनमा यस्तो स्थितिमा नेपाललाई जिताउने आत्मविश्वास बढेको छ । ‘३ बलमा ७ रन चाहिंदा पनि मैले जिताउन सकिनँ’ विवेक भन्छन्, ‘अर्को पटक त्यस्तो अवस्था आयो भने चाहिं मैले जिताउने छु ।’

Read Full