हसन अली
पाकिस्तान, बलर
पाकिस्तान, बलर पाकिस्तानका ३२ वर्षीय हसन अली दायाँहाते पेस बलर हुन्। रिभर्स स्विङ, भिन्न खालका स्लोअर बल, सटीक योर्कर र बाउन्सर फाल्न खप्पिस उनी घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटका एक चतुर र प्रभावकारी बलर मानिन्छन्।
सन् २०१७ को च्याम्पियन्स ट्रफीमा १३ विकेट लिँदै ‘प्लेयर अफ द सिरिज’ बनेका हसन अलीले पाकिस्तानलाई पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि दिलाउन मुख्य भूमिका खेलेका थिए। उक्त वर्ष ४५ विकेट लिँदै उनी एकदिवसीय क्रिकेटमा विश्वकै सर्वाधिक विकेट लिने बलर बनेका थिए।
आफ्नो करियरमा चोटका कारण केही उतारचढाव भोगे पनि घरेलु प्रथम श्रेणी क्रिकेट (कायदे-आजम ट्रफी) मा टोलीको कप्तानी गर्दै शतक र ४३ विकेटका साथ दमदार पुनरागमन गरेर उनले टेस्ट टोलीमा स्थान बनाएका थिए।
पाकिस्तान सुपर लिग (पीएसएल) मा पेशावर जाल्मी, इस्लामाबाद युनाइटेड र कराँची किंग्सबाट खेल्दै उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
अन्तर्राष्ट्रियतर्फ उनले २७ टेस्टमा ८८ विकेट, ६८ एकदिवसीयमा १०२ विकेट र ५७ टी–२० अन्तर्राष्ट्रियमा ७२ विकेट लिएका छन्। समग्र टी–२० क्रिकेटमा २५० खेल खेल्दै ३६९ विकेट लिइसकेका हसन अली तल्लो क्रममा आक्रामक ब्याटिङका लागिसमेत परिचित छन्।
Read Fullप्लेयर्स टु वाच

















