+
Home › Sports › Cricket › डाविड मलान

डाविड मलान
इंग्ल्याण्ड, ब्याट्समेन

Full Name: डाविड मलान
Nationality: इंग्ल्याण्ड
Position: ब्याट्समेन

इङ्ल्यान्डका ३९ वर्षीय मलान बायाँहाते आक्रामक ब्याटर हुन्। एनपीएलको दोस्रो संस्करणमा पनि सहभागी भइसकेका मलानलाई चितवनले तेस्रो संस्करणका लागि पनि निरन्तरता दिएको हो।

सन् २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध ४४ बलमा ७८ रन बनाउँदै टी-२०आई मा सनसनीपूर्ण डेब्यु गरेका उनी विश्वासरहित पावर र उत्कृष्ट ब्याटिङ प्रविधिका लागि चिनिन्छन्। उनले सन् २०१९ मा न्युजिल्यान्डविरुद्ध ४८ बलमै शतक प्रहार गर्दै तत्कालीन समयमा इङ्ल्यान्डका तर्फबाट फास्टेस्ट टी-२०आई शतकको कीर्तिमान समेत बनाएका थिए।

२०२० मा टी-२०आई क्रिकेटका नम्बर १ ब्याटर बनेका मलानले सन् २०१७-१८ को एसेज शृंखलामा अस्ट्रेलियाविरुद्ध शतक प्रहार गर्दै टेस्टमा पनि आफ्नो क्षमता सिद्ध गरेका थिए।

सन् २०२२ को द हन्ड्रेडमा ३७७ रन बनाउँदै ट्रेन्ट रोकेट्सलाई उपाधि दिलाउन मुख्य भूमिका खेलेका उनी सन् २०२२ को टी-२० विश्वकप विजेता इङ्ल्यान्ड टोलीका महत्त्वपूर्ण सदस्य समेत थिए।

मलानले ३० एकदिवसीय खेलमा ६ शतक र ७ अर्धशतकसहित ५५.७६ को उत्कृष्ट औसतमा १ हजार ४५० रन बनाएका छन्। त्यस्तै, ६२ टी-२०आई खेलमा १ शतक र १६ अर्धशतकसहित १ हजार ८९२ रन जोडेका छन्।

समग्र टी-२० क्रिकेटको विशाल अनुभव बोकेका उनले ३९९ खेलमा ५ शतक र ७६ अर्धशतकसहित ११ हजार ३ भन्दा बढी रन बनाएका छन्।

मलानले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, दक्षिण अफ्रिकाको एसए टी-२० लगायत फ्रेन्चाइज क्रिकेट लिगहरू खेलेका छन् ।

चितवनका लागि उनको उपस्थिति र अनुभव टोलीको ब्याटिङ लाइनअपका लागि ठूलो शक्ति मानिन्छ।

Read Full