Festival of Himalayas Season - 3
Powered by:
Share

Team Profile

NPL- Nepal Premier League 2026Group A

चितवन राइनोज 2026

चितवन राइनोज 2026

कप्तान
कुशल मल्ल
प्रशिक्षक
—
  • 0Played
  • 0Won
  • 0Lost
  • 0Points
  • 0.000NRR

Form—No completed group matcheslast 5, latest on the right

Next match: vs विराटनगर किंग्स · October 27, 2026 12:30 · TU INTERNATIONAL CRICKET STADIUM

View Fixtures

चितवन राइनोज 2026 को परिचय

चितवन राइनोज 2026NPL- Nepal Premier League 2026

चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) काठमाडौं गोर्खाजसँगै बागमती प्रदेश भित्रको फ्रेन्चाइज टोली हो । चितवनले विशेष गरी चितवन जिल्लाकै प्रतिनिधित्व गर्छ ।

युवा अलराउण्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनले एनपीएलको दुई सिजनमा ठिकठाको प्रदर्शन गरेको थियो । पहिलो सिजन तेस्रो हुँदै प्लेअफ पुगेको चितवन दोस्रो सिजन भने सातौं स्थानमा खुम्चियो ।

तेस्रो सिजनका लागि कोर टिमलाई रिटेन गरेको चितवनले मुख्य प्रशिक्षक देखि विदेशी खेलाडीहरुमा परिवर्तन गर्दै तेस्रो संस्करणका लागि टोली तयार पारेको छ ।

मार्की तथा कप्तान कुशल मल्लसहित नेपालका युवा खेलाडीहरु रहेको चितवनले विदेशी खेलाडीमा भने अनुभवी खेलाडी अनुबन्ध गर्दै आएको छ ।

चितवनले कप्तान कुशल मल्लसहित कमल सिंह ऐरी, रिजन ढकाल, देव खनाल, अर्जुन साउद, दीपक बोहरा र रन्जित कुमारलाई तेस्रो सिजनका लागि रिटेन गरेको थियो । कप्तान मल्लसहित कमल, रिजन, दीपक र रन्जित पहिलो सिजन देखि नै चितवनको टिममा छन् ।

चार खेलाडी लगातार दुवै सिजन रिटेन हुँदा रन्जित कुमार भने पहिलो र दोस्रो सिजनमा अक्सनबाट चितवनको टिममा अनुबन्ध भएका थिए ।

तेस्रो सिजनको लागि अक्सनमा चितवनले सबैको नजर रहेको विकेक कुमार यादवलाई लिन सफल भयो । आफैँले रिलिज गरेको विपन रावल र गौतम केसीलाई पनि चितवनले अक्सनबाट टिममा भित्र्याएको छ । विपिन र गौतम पहिलो सिनज देखि नै चितनसँग आबद्ध छन् । गौतम दोस्रो सिजन रिटेन भएका थिए भने विपिन रिलिज भएर पुन: अक्सनबाट चितवनमा पुगेका थिए ।

यस्तै विदेशी खेलाडीमा चितवनले रबि बोपारालाई निरन्तरता दिएको छ भने  जिम्बावेका अलराउण्डर सिकन्दर राजा र क्यानडाका बलर कलिन सानालाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ ।

दुई सिजनमा फरक किसिमको प्रदर्शन गरेको चितवन तेस्रो सिजनमा भने पहिलो सिजनकै लय अनुसार प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा छ ।

 

चितवनले पाएको विवेक यादव

चितवन दोस्रो सिजन अघि पनि अक्सनमा भाग्यमानी बन्दा देव खनाल र अर्जुन साउद अनुबन्ध गर्न सफल भएको थियो । तेस्रो सिजनमा पनि चितवन एक विशेष खेलाडीमाथि भाग्यमानी बन्यो ।

पहिलो सिजन लुम्बिनी लायन्सबाट खेलेका विवेक कुमार यादवले चोटका कारण दोस्रो सिजन गुमाएका थिए ।

उनै विवेक माथि अक्सनमा सबैको नजर थियो । र चितवन राइनोज भाग्यमानी बन्दै लक्की ड्रबाट १५ लाखमा विवेक यादवलाई लिन सफल भयो ।

विवेक चोटपछि पुनरागमनन गर्दै प्रशिक्षकमा फर्किएका छन् । उनको प्रदर्शन कस्तो हुन्छ अहिले भन्न सकिँदैन । तर विवेकको बगमनपछि चितवनको मिडल अर्डर लोहर अर्डरमा सहयोग पुग्नेछ । आवश्यक पर्दा उनी मिडियम पेस बलिङ पनि गर्नेछन् ।

यस्तै लेग स्पीनर मौसम ढकाललाई पनि चितवनले अक्सनबाट लिँदै स्पीन डिपार्टमेन्ट विकल्प राखेको छ । साथै अक्सनअघि आफैँले रिलिज गरेको ब्याटर विपिन रावल र बलर गौतम केसीलाई पनि चितवनले पुन: अक्समा अनुबन्ध गर्‍यो भने अशोक धामी र सलौद्धिन खानलाई पनि अक्सनबाट अनुबन्ध गरेको छ ।

 

तनविर बने मुख्य प्रशिक्षक, सिकन्दर राजा भित्रिए

चितवन राइनोज एनपीएल हरेक सिजन प्रशिक्षक फेर्ने टोली बनेको छ । तीन सिजन तीन फरक प्रशिक्षक । चितवनले तेस्रो सिजनका लागि पहिलो दुई सिजन खेलाडीको रुपमा खेलेका पाकिस्तानी पूर्व खेलाडी सोहेल तनविरलाई अनुबन्ध गरेको छ । यसअघि पहिलो सिजन उमेश पटवाल र दोस्रो सिजन कलाम अलीले चितवनको प्रशिक्षण सम्हालेका थिए ।

पहिलो र दोस्रो सिजन चितवनको बलिङ अट्याकलाई लिड गरेको तनविरले अब चितवनको सम्पूर्ण टिमलाई नै प्रशिक्षण दिनेछन् ।

तनविरले पहिलो संस्करणमा ८ खेलमा १४ र दोस्रो संस्करणमा ५ खेल खेल्दा ८ विकेट लिए ।

विदेशी खेलाडीमा पनि चितवनले नयाँ खेलाडी अनुबन्ध गरेको छ । इंग्लिस भेट्रान अलराउण्डर रबि बोपारालाई लगातार तेस्रो सिजन टिममा निरन्तरता दिएको चितवनले जिम्बाव्वेका अलराउण्डर तथा कप्तान सिकन्दर राजालाई तेस्रो सिजनका लागि अनुबन्ध गरेको छ । यस्तै क्यानडाका पेस बलर कलिम सानालाई अनुबन्ध गर्दै पेस बलिङ अट्याकमा पनि विकल्प थपेको छ ।

यसअघि तनविर पेस बलरको रुपमा थिए । उनको स्थानमा कलिम साना आएका छन् । नेपालका मिडियम पेसरहरु कमल सिंह ऐरी र रिजन ढकाल पनि चितवनमा छन् ।

यस्तै पाकिस्तानी लेगब्रेक स्पीनर उसमा मिरलाई पनि चितवनले अनुबन्ध गरेको छ ।

सिकन्दर राजा र उसमा मिर अनुबन्ध भएपछि चितवनको स्पीनर डिपार्टमेन्ट पनि सन्तुलित देखिएको छ । यस्तै कप्तान कुशल मल्ल, मौसम ढकाल र रन्जित कुमारले स्पीनमा साथ दिनेछन् ।

 

चितवन राइनोज टिम

रिटेन : कुशल मल्ल, कमल सिंह ऐरी, रिजन ढकाल, देव खनाल, अर्जुन साउद, दीपक बोहरा, रन्जित कुमार

अक्सनमा अनुबन्ध खेलाडी : विवेक कुमार यादव, विपिन रावल, गौतम केसी, मौसम ढकाल, अशोक धामी, सलौद्दिन खान

विदेशी खेलाडी : रबि बोपारा, सिकन्दर राजा, कलिम साना, उसामा मिर

मुख्य प्रशिक्षक : सोहेल तनविर