- C कुशल भुर्तेलब्याट्समेन
- दिनेश खरेलब्याट्समेन
- अर्जुन कुमालब्याट्समेननेपाली क्रिकेटका भविष्य अर्जुन कुमाल
- किरण ठगुन्नाब्याट्समेन
- सुदिप अर्यालब्याट्समेन
- WK अर्जुन घर्तीविकेट किपर
- बिपिन खत्रीअलराउण्डर
- शाकिब अल हसनअलराउण्डर
- धनन्जय लक्षनअलराउण्डर
- चमिका करुणारत्नेबलर
- आकाश चन्दबलर
- सागर ढकालबलर
- बिपिन आचार्यबलर
- 0Matches
- 0–0Won–Lost
- 0.000Net run rate
- —Highest total
- —Lowest total
- 0Sixes
Top Run Scorers
Statistics will appear after play begins.
Top Wicket Takers
Statistics will appear after play begins.
Most Sixes
Statistics will appear after play begins.
Best Partnerships
Partnerships will appear after play begins.
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
८ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। ३१ वर्षीय एलेन दायाँहाते ब्याटर र बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी…
हिमालय स्पोर्ट्स ‘रेड बुल क्रिकेट लाइभ’ का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगे
हिमालय स्पोर्ट्सबाट प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’ का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगेका छन् ।
राइजिङ स्टार्स एसिया कप : नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग एउटै समूहमा
७ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपमा नेपाल भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै समूह ‘बी’ मा परेको छ। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। प्रतियोगितामा…
कायरोन पोलार्ड मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त
७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता मुम्बई इन्डियन्सले कायरोन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सन् २०२७ को आईपीएलअघि पोलार्डले महेला जयवर्धनेको स्थान लिने भएका हुन्। मुम्बईसँग सन् २०१० देखि आबद्ध पोलार्ड पछिल्ला चार…
मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ : अध्यक्ष घिमिरे
७ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरलाई आगामी तेस्रो नेपाल प्रिमियर लिग…
वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै…
पाकिस्तानी पेस बलर हुनेन शाहले जनकपुरबाट एनपीएल खेल्ने
७ कात्तिक, काठमाडौं । पाकिस्तानी पेस बलर हुनेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। २२ वर्षीय दायाँहाते बलर हुनेन पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहका भाइ हुन्। जनकपुरले उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको…
प्लेअफ नपुगेको एकमात्र टोली पोखरा एभेन्जर्सको ठूलो लक्ष्य
पोखरा मात्र यस्तो टिम हो जो अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र अब पोखराको पहिलो लक्ष्य नै एनपीएलमा प्लेअफमा स्थान बनाउने र त्यसपछि उपाधितर्फको यात्रा तय गर्ने हुनेछ ।
बंगलादेशका शमिम हुसेनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने
६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि बंगलादेशका ब्याटिङ अलराउन्डर शमिम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने हुसेनको आगमनले लायन्सको ब्याटिङ लाइनअप थप…
डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने
छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
एनपीएलको पहिलो खेलको टिकट सोल्ड आउट
५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन्। बिहीबार साँझदेखि बिक्री खुला गरिएको पहिलो खेलको टिकट सोल्ड आउट भएको हो। खेलका लागि साधारणतर्फको टिकट मूल्य ५०० रुपैयाँ र प्रिमियमतर्फको टिकट…
पहिलो सिजनजस्तै चर्चा र लयको खोजीमा कर्णाली याक्स
पहिलो सिजन शिखर धवन अनुबन्ध गरेर चर्चा बटुलेको कर्णाली प्लेअफमा पनि पुगेको थियो । दोस्रो सिजन भने लयमा नदेखिएको कर्णाली लिग चरणमा छैटौं भयो ।
पोखरा एभेन्जर्स 2026 को परिचय
Pokhara Avengers 2026NPL- Nepal Premier League 2026
कुशल भुर्तेलCaptain
पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगो टोली हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएल खेल्ने पोखराको कप्तान कुशल भुर्तेल हुन् ।
एनपीएलमा क्रिकेट खेल्ने बाहेक ग्लासियर्स म्याटर अभियान चलाउने, कन्सर्टमार्फत क्रिकेटलाई संगितसँग जोड्ने जस्ता फरक खालका गतिविधिले पनि पोखरा चर्चामा आइरहेको छ ।
यस्तै जेसन रोय, जिमी निशम जस्ता स्टार विदेशी खेलाडी अनुबन्ध गर्दै विगतमा पनि पोखरा एभेन्जर्सको चर्चा भएको थियो ।
सन् २०२२ मै क्यानले आयोजना गरेको नेपाल टी२० लिग खेलेको पोखरा सन् २०२४ देखि सुरु भएको एनपीएलमा महँगो फ्रेन्चाइजको रुपमा भित्रिएको हो ।
विगतका दुवै सिजनमा पोखराले राम्रो टिम बनाएपनि प्लेअफमा पुग्न सकेन । पोखरा मात्र यस्तो टिम हो जो अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र अब पोखराको पहिलो लक्ष्य नै एनपीएलमा प्लेअफमा स्थान बनाउने र त्यसपछि उपाधितर्फको यात्रा तय गर्ने हुनेछ ।
तेस्रो सिजनका लागि पोखराले कप्तान भुर्तेलसहति कोर टिमलाई रिटेन गरेको छ भने मुख्य प्रशिक्षकदेखि विदेशी खेलाडी अनी अन्य व्यवस्थापन पक्षलाई परिवर्तन गरेको छ ।
पोखराले तेस्रो सिजनका लागि कप्तान भुर्तेलसँगै दिनेश खरेल, अर्जुन कुमाल, सागर ढकाल, आकाश चन्द, विपिन खत्री र किरण ठगुन्नालाई रिटेन गरेको छ ।
यस्तै अक्सनबाट अर्जुन घर्ती, सुदिप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्यलाई अक्सनबाट अनुबन्ध गरेको छ ।

कोर टिम रिटेन
पोखराले तेस्रो सिजनको एनपीएलका लागि कोर टिमलाई रिटेन गरेको छ । कप्तान भुर्तेलसहित पहिलो सिजनदेखि नै टिममा रहेका सागर ढकाल, दिनेश खरेल,आकाश चन्द, विपिन खत्री र किरण ठगुन्ना तेस्रो सिजनसम्म पनि निरन्तर टिममा छन् ।
यस्तै दोस्रो सिनज अक्सनबाट अनुबन्ध भएका युवा ब्याटर अर्जुन कुमाल तेस्रो सिजनमा रिटेन भएका छन् । दोस्रो सिजन आइकोनिक प्लेअरको रुपमा ट्यालेन्ट हन्टबाट छनोट भएका सुदिप अर्याललाई तेस्रो सिजन अघि रिलज गरेपनि अक्सबाट पुन: टिममा अनुबन्ध गरेको छ ।
ब्याटर तृतराज दासलाई रिलिज गरेको पोखराले विकेटकिपर अर्जुन घर्तीलाई तेस्रो सिजनअघि टिममा भित्र्याएको छ ।
विशेषगरी पोखराले ओपनर देखि टप अर्डका खेलाडी रिटेन गरेको छ भने दुई स्पीनर र एक मिडियम पेसर रिटेन भएका छन् । अक्सनबाट विकेटकिपर पनि भित्र्याएको पोखराका लागि अब बाँकी पोजिसनमा विदेशी खेलाडीमा ध्यान दिनेछ ।

अजन्था मेन्डिस र शकिबको आगमनले उत्साह
पोखराले अहिलेसम्म ६ मध्ये पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्यसमा पोखराले बंगलादेशका विश्वचर्चित अलराउण्डर शाकिब अल हसनलाई भित्र्याउँदै चर्चा बटुलेको छ भने श्रीलंकन अलराउण्डर धनन्जय लक्षणलाई पनि निरन्तरता दिएको छ ।
शाकिबको आगमनले पोखराको मिडर अर्डर ब्याटिङ र स्पीन बलिङ बलियो बन्नेछ भने ब्याटिङ अलराउण्डर धनन्जयले पनि मिडल अर्डरमा ब्याटिङमा साथ दिनेछन् भने आवश्यक पर्दा मिडियम पेस बलिङ पनि गर्नेछन् । चमिका करुणारत्ने पनि बलिङ अलराउन्डरका रूपमा छन् ।
महेदी हसन पनि अलराउन्डरका रूपमा छन् भने मोहम्मद सैफुद्दिन बलिङ अलराउन्डरका रूपमा छन् ।
कप्तान कुशल सहित दिनेश र अर्जुन कुमाल, अर्जुन घर्ती, शकिब र धनन्जयले पोखराको ब्याटिङ डेप्थलाई बढाएको छ । त्यसमा हार्ड हिटर किरण ठगुन्ना पनि छन् ।
पोखराले अझै ४ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । विदेशी खेलाडीको अनुबन्ध पछि टिम कम्बिनेसन कस्तो बन्छ थाहा हुनेछ । अहिलेको अवस्थामा पोखरालाई प्रोपर विदेशी पेस बलरको आवश्यकता देखिन्छ । राम्रो फिनिसिङ गर्ने विदेशी खेलाडी भित्रिए टिमको सन्तुलत अझ राम्रो हुनेछ ।
पोखरामा अलराउण्डरहरु धेरै भएकोले विशेषज्ञ विदेशी ब्याटर अनुबन्ध भएमा बलिङमा पनि धेरै विकल्प हुनेछ । किनभने कप्तान कुशल देखि दिनेश खरेलले स्पीन बलिङ गर्न सक्छन् । शाकिब सागर विपिन स्पीनरको रुपमा छन् ।

पोखरा एभेन्जर्स टिम
रिटेन खेलाडी : कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना
अक्सनमा अनुबन्ध खेलाडी : अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य
विदेशी खेलाडी : शाकिब अल हसन, धनन्जय लक्षण, चमिका करुणारत्ने, महेदी हसन, मोहम्मद सैफुद्दिन
मुख्य प्रशिक्षक : अजन्था मेन्डिस
सहायक प्रशिक्षक : रिजन प्रजु





















