किरण ठगुन्ना
नेपाल, ब्याट्समेन
नेपाल, ब्याट्समेन
Full Name:
किरण ठगुन्ना
Nationality:
नेपाल
Position:
ब्याट्समेन
बैतडीका २९ वर्षीय किरण ठगुन्ना मिडल अर्डर ब्याटर हुन् भने पार्ट टाइम स्पीन बलिङ पनि गर्छन् । घरेलु क्रिकेट सुदूरपश्चिमबाट खेल्ने किरणले नेपालको टी२० राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो सिजन देखि नै पोखरा एभेन्जर्समा आबद्ध भएका थिए र लगातार तेस्रो सिजन पोखराबाटै खेल्दैछन् ।
किरणले सन् २०२५ जुनमा स्कटल्यान्डको ग्लास्गोमा भएको नेदरल्यान्ड्स विरुद्धको खेलबाट नेपालको टी२०आई टिममा डेब्यु गरेका थिए । उनले नेपाल ए टिमबाट समेत खेलिसकेका छन् । मिडल अर्डर र लोअर अर्डरमा ब्याटिङ गर्ने किरण विशेषगरी ठूला सट खेल्न माहिर छन् । उनले २०८१ सालमा भएको प्रधानमन्त्री कपमा एकै वर्ष दुई शतक प्रहार गरेका थिए ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन



















