+
Home › Sports › Cricket › अर्जुन घर्ती

अर्जुन घर्ती
नेपाल, विकेट किपर

Full Name: अर्जुन घर्ती
Nationality: नेपाल
Position: विकेट किपर

अर्जुन घर्ती विकेटकिपर ब्याटर हुन् ।  मध्यक्रममा ब्याटिङ गर्ने उनी विकेटकिपरसँगै आक्रामक ब्याटर हुन् । घरेलु क्रिकेटमा मध्यक्रममा उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

कर्णाली प्रदेशबाट घरेलु क्रिकेट खेल्ने उनी नेपाल प्रिमियर लिगमा पनि सुरुवाती दुई सिजन घरेलु फ्रेन्चाइज कर्णाली याक्समै आबद्ध भएर खेलेका थिए । तर तेस्रो सिजनअघि भने कर्णालीले उनलाई रिलिज गरेपछि पोखरा एभेन्जर्सले अक्सनबाट अर्जुनलाई अनुबन्ध गरेको हो । विकेटकिपर भएकोले उनलाई लिन फ्रेन्चाइजहरुले १५ लाखसम्म बोली लगाएपनि पोखरा लक्की ड्र मा भाग्यमानी बनेको थियो ।
भारतबाट क्रिकेट यात्रा सुरु गरेका उनले २०२१ मा प्रधानमन्त्री क्रिकेटबाट कर्णालीका लागि खेल्न थाले र त्यसयता निरन्तर खेलिरहेका छन् । उनले नेपाल ए टिमबाट समेत खेलिसकेका छन् ।
Read Full