 
                        
                                अलिशा कुमारी यादव
                                
                                    
                                         नेपाल, विकेट किपर
                                        नेपाल, विकेट किपर                                    
                                
                            
                            
                            
                         नेपाल, विकेट किपर
                                        नेपाल, विकेट किपर                                    अलिशा नेपाली यू-१९ टिमकी विकेटकिपर ब्याटर हुन् । १८ वर्षीया अलिशाले दाँयाहाते ब्याटिङ गर्ने गर्छिन् ।
बारामा जन्मिएकी अलिशाले स्कुल पढ्दाखेरि जिल्लाको छनोटबाट खेल्दै जाँदा क्रिकेट खेल्ने इच्छा बढ्दै गएको र त्यसपछि क्रिकेट यात्रा सुरू गरेकी थिइन् ।
सुरूमा मधेश प्रदेशको यू-१९ टिमबाट खेल्ने गरेकी उनले त्यसपछि मधेश प्रदेशको महिला टोलीबाट पीएम कपमा पनि खेलिसकेकी छन् ।
उनी यसअघिको छनोट चरणका बेलादेखि नेपालको टिममा छिन् । यसपटकको छनोटदेखि एसिया कप र विश्वकपसम्मै उनी लगातार रूपमा टिममा समावेश छिन् ।
विकेटकिपिङको भूमिकामा रहने उनी भारतका लिजेण्डरी क्रिकेटर महेन्द्रसिंह धोनीबाट प्रभावित भएको बताउँछिन् । त्यस्तै स्मृति मन्धनाको खेल राम्रो लाग्ने बताइन् ।
Read Fullप्लेयर्स टु वाच
 
                                
                                    ललित राजवंशी
                                    बलर
                                
                             
                                
                                    सन्दीप जोरा
                                    ब्याट्समेन
                                
                             
                                
                                    दीपेन्द्र सिंह ऐरी
                                    ब्याट्समेन
                                
                             
                                
                                    रोहितकुमार पौडेल
                                    ब्याट्समेन
                                
                             
                    










 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                














