+
Home Sports Cricket किरण कुमारी कुँवर

किरण कुमारी कुँवर
नेपाल, ब्याट्समेन

Full Name: किरण कुमारी कुँवर
Nationality: नेपाल
Position: ब्याट्समेन

किरण नेपाली राष्ट्रिय क्रिकेट टिमकी ब्याटर हुन् । १८ वर्षीय किरणले बाँयाहाते ब्याटिङ गर्छिन् ।

१३ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी उनी घरेलु क्रिकेटमा उनी कर्णाली प्रदेश महिला क्रिकेट टिमको कप्तान समेत हुन् । उनले पीएम कप तथा राष्ट्रिय खेलकुदमा खेलेकी छन्।

उनले पनि सना प्रवीणजस्तै अघिल्लोपटकको विश्वकप छनोट पनि खेलेकी थिइन् जहाँबाट नेपाल अगाडि बढ्न सकेको थिएन । उनी त्यसबेलादेखि हालसम्म यू-१९ टिममा निरन्तर रूपमा छिन् ।

अघिल्लोपटक छनोट हुन नसकेपनि यसपटक पाएको अवसरमा अब धेरैभन्दा धेरै खेलहरू जितेर आउने किरणले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

किरणको मनपर्ने क्रिकेटर भारतका बाँयाहाते यशश्वी जैसवाल र स्मृति मन्धना हुन् भने नेपालबाट रोहित पौडेल र सन्दीप लामिछाने धेरै मनपर्ने बताएकी छन् ।

Read Full