+
Home › Sports › Cricket › दिनेश खरेल

दिनेश खरेल
नेपाल, ब्याट्समेन

Full Name: दिनेश खरेल
Nationality: नेपाल
Position: ब्याट्समेन

दिनेश खरेल बायाँ हाते ब्याटर हुन् भने पार्ट टाइम स्पीन बलिङ पनि गर्छन् । न्युजिल्यान्डमा बसेर क्रिकेट खेल्दै आएका दिनेशलाई पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको पहिलो सिजनका लागि अनुबन्ध गरेको थियो । त्यसपछि दोस्रो र तेस्रो सिजन पनि पोखराले उनलाई रिटेन गर्दै टिममा निरन्तरा दिएको हो ।

बायाँ हातले ब्याटिङ गर्ने भएकोले दिनेश टिममा महत्वपूर्ण खेलाडीको रुपमा रहेका छन् भने उनले टिममा सोही अनुसारको प्रदर्शन पनि गरेका छन् ।

उनले सन् २०२२ मा भएको नवौँ राष्ट्रिय खेलकुद पनि एनआरएनए टिमबाट खेलेका थिए । गुल्मीमा जन्मिएर २ वर्षकै उमेरमा न्युजिल्यान्ड गएका दिनेश नवौं राष्ट्रिय खेल्न पहिलो पटक नेपाल फर्किएको बताउँछन्

Read Full