+
Home › Sports › Cricket › बिपिन खत्री

बिपिन खत्री
नेपाल, अलराउण्डर

Full Name: बिपिन खत्री
Nationality: नेपाल
Position: अलराउण्डर

विपिन खत्री स्पीन बलिङ अलराउण्डर हुन् । बायाँ हाते स्पीनर बलर उनी दायाँ हाते ब्याटर हुन् । आवश्यक पर्दा लोअर अर्डरमा ब्याटिङ पनि गर्न सक्ने विपिनको मुख्य विशेषता भनेकै बलिङ हो ।

घरेलु क्रिमेटमा लामो समयदेखि गण्डकीबाट खेल्दै आएका उनी एनपीएलमा भने पहिलो सिजनदेखि नै पोखरा एभेन्जर्समा आबद्ध छन् । पहिलो सिजन पोखराले अक्सनबाट विपिनलाई अनुबन्ध गरेको थियो भने दोस्रो र तेस्रो सिजन उनलाई रिटेन गरेको हो । पोखराको टिममा सागर ढकाल र विपिन पहिलो सिजन देखि नै मुख्य स्पीनरको रुपमा छन् ।

तेस्रो सिजनमा बंगलादेशी चर्चित अलराउण्डर शाकिब अल हशन देखि महेदी हसन सम्म पोखरामा अनुबन्ध भएपछि अब विपिन लगायत नेपाली स्पीनरका लागि उनीहरुसँग ड्रेसिङ रुम सेयर गर्दै नयाँ कुरा सिक्ने अवसर हुनेछ ।

उनले नेपाल ए टिमबाट समावेश हुँदै दुई टी२० खेल पनि खेलेका छन् ।

Read Full