Comments Add Comment

क्रिकेट

List Grid
ईएसपीएन क्रिकेट अवार्ड : एसाेसिएट बलिङ र ब्याटिङ मनाेनयनमा नेपाली खेलाडी परेनन्

काठमाडौं : क्रिकेटसम्बन्धी अनलाइन ईएसपिएन क्रिकइन्फाेकाे वार्षिक अवार्डमा एसाेसिएटतर्फ यस पटक नेपालका कुनै खेलाडी मनाेनयनमा परेका छैनन् । नेपालले २०१९ मा सिंगापुर र ओमानमा दुई टी २० सिरिज खेलेकाे थियाे । तर टी २० विश्वकप छनाेट एसियन क्षेत्रबाट अघि बढ्न नसकेकाे नेपालले युएईमा ग्लाेबल टि २० विश्वकप छनाेट खेल्न पाएन । केही नेपाली खेलाडीले राम्राे […]

धोनी बीसीसीआईको सेन्ट्रल कन्ट्रयाक्ट लिस्टमा परेनन्

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी बीसीसीआईको सेन्ट्रल कन्ट्रयाक्ट लिस्टबाट बाहिरिएका छन् । बीसीसीआईले बिहीबार सार्वजनिक गरेको २७ खेलाडीको कन्ट्रयाक्टमा धोनीको नाम छैन । धोनीले पछिल्लो पटक २०१९ मा एकदिवसीय विश्वकप खेलेका थिए । त्यसयता उनले भारतका लागि खेलेका छैनन् । त्यसपछि उनले खेल्ने नखेल्ने बारेमा समेत धेरै […]

सन्दीपको उत्कृष्ट बलिङ, मेलवर्न स्टार्सको नवौं जित

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दा मेलवर्न स्टार्सले बिग बास लिग बीबीएल मा नवौं जित हात पारेको छ । पर्थ स्कोर्चर्सविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गर्ने क्रममा २ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ७ रन मात्र खर्चेर २ विकेट लिए । १८ बलमा सन्दीपले ११ बल […]

एमएम कपमा मलेसियाको सान्त्वना जित, सेमिफाइनल समिकरण पूरा

२८ पुस, काठमाडौं । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समूह चरणको खेलहरु सकिएका छन् । सोमबार इनरुवा रंगशालामा सम्पन्न समूह ‘डी’अन्तर्गतको अन्तिम खेलमा मलेसिया एघारले गण्डकी प्रदेशलाई १९२ रनको अन्तरले पराजित गरेको हो । जित हात पारेता पनि मलेसिया सेमीफाइनल पुग्न भने असफल रह्यो। यसअघिनै दुइ खेलमा जित हात पारेको सुदूरपश्चिम प्रदेश […]

टी २० क्रिकेटमा फर्किए ब्राभो

२८ पुस, काठमाडौं । वेष्ट इन्डिजका क्रिकेटर ड्वायेन ब्राभो झण्डै चार वर्षपछि फेरि टिममा फर्केका छन् । सन् २०१६ मा सन्यास घोषणा गरेका उनी आयरल्याण्डविरुद्ध खेल्ने वेष्टइन्डिजको टी २० टिममा परेका छन् । ३६ वर्षका ब्राभोले गत डिसेम्बरमा टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने संकेत गरेका थिए । उनले सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० […]

लोकेशसँगै सुवास पनि बन्द प्रशिक्षणमा

२५ पुस, काठमाडौं । क्रिकेट वल्र्डकप लिग टू अन्तरगत अर्को महिना त्रिकोणात्मक सिरिजको तयारीका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ जनाको नाम सार्वजनिक गरेको छ, जसमा सुवास खकुरेलसँगै सुनिल धमला, लोकेश बम र सुमित महर्जन पनि अटाएका छन् । सुवास एक समय नेपाली राष्ट्रिय टिमको ओपनर […]

एमएम कप : पुलिसद्वारा कर्णाली २६७ रनले पराजित

२३ पुस, इनरुवा । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पारजित गरेको छ । प्रतियोगिता अन्तर्गत बुधवारदेखि शुरु भएको समुह बि  को पहिलो खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई २ सय ६७ रनको अन्तरले हरायो । नेपाल पुलिस क्लबले दिएको ३ सय ४७ रनको लक्ष्य […]

क्यानको ५ सदस्यीय कार्यसम्पादन समिति गठन

२२ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको बोर्ड बैठकले अध्यक्ष चतुरबहादुर चन्दसहित पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । दैनिक कार्यसम्पादन सहज होस् भन्ने उद्देश्यले ५ सदस्यीय कार्यसमिति गठन गरेको क्यानले जनाएको छ । जसमा उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य अमितवीर पाण्डे छन् […]

एमएम कप : एपीएफद्वारा एमएमसीसी इनरुवा पराजित

२१ पुस, इनरुवा । मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय प्रतियोगिता अन्तर्गत समूह ए को दोस्रो खेलमा विभागीय टोली एपीएफले स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाई ८३ रनले पराजित गरेको छ । सुनसरीको इनरुवामा जारि प्रतियोगितामा जितको बाबजुद पनि पहिलो खेल हारिसकेको एपीएफको सेमिफाइनल सम्भावना कमजोर रहेको छ । सोमबार भएको खेलमा एपीएफ त्रिभुवन आर्मीसँग पारजित […]

मलेसियाले नेपालसंग पोखरामा तीनवटा एकदिवसीय क्रिकेट खेल्ने

२१ पुस, काठमाडौं । मलेसियाले नेपालसँग तीनवटा एकदिवसीय क्रिकेट खेल्ने भएको छ । सुनसरीको इनरुवामा भइरहेको दोस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्न मलेसियाको राष्ट्रिय टोली नेपाल आउँदैछ । त्यस क्रममा पोखरामा नेपाली टिमसँग तीनवटा एक दिवसीय क्रिकेट खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ । एमएम कपमा सहभागी हुन मलेसियाको टोली पुस २४ गते  […]

एमएम कप : कुशल मल्लको शतकमा आर्मी विजयी

२० पुस, काठमाडौं । कुशल मल्लको शतक मद्दतमा त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा एपीएफलाई १०८ रनले पराजित गरेको छ । सुनसरीको इनरुवामा जारी प्रतियोगिताअ अन्तर्गत विभागीय भिडन्तमा जित हात पार्दै आर्मीले समूह ए मा २ अंक जोडेको छ । प्रतियोगिता शतक प्रहार गर्ने कुशल पहिलो खेलाडी समेत बनेका छन् । […]

लिओ कार्टरले हाने एकै ओभरमा ६ छक्का

२० पुस, काठमाडौं । एक ओभरमा कति सम्म छक्का हान्न सकिन्छ । २/३ वा ४/५ । कमैले मात्र ६ छक्का प्रहार गर्छन् । र यस्तो बिरलै मात्र हुने गर्छ । त्यही बिरलै हुने यो खेलमा न्यूजिल्याण्डमा एक खेलाडीले ६ छक्का प्रहार गरेका छन् । न्यूजिल्यान्डको घरेलु टि२० लिग सुपर स्म्यासअन्तर्गत क्यान्टरबरी किंग्सका ब्याट्सम्यान लिओ कार्टरले […]

विश्वकप विजेता इरफान पठानले लिए सन्यास

काठमाडौं । भारतीय अलराउण्डर इरफान पठानले सबै खाले क्रिकेटबाट सन्यास लिएका छन् । सन् २००७ को टी-२० विश्वकप विजेता पठानले शनिवार सन्यासको घोषणा गरेका हुन् । पठानले सन् २००३ मा अष्ट्रेलियाविरुद्ध टेष्ट र ओडीआई क्रिकेटमा डेब्यू गरेका थिए । बायाँ हाते तीव्र गतिका बलर पठानले भारतका लागि २९ टेष्ट, १२० ओडीआई र २० टी-२० आई खेल […]

टेष्ट क्रिकेटमा लाबुसचेनको दोहोरो शतक

१९ मंसिर, काठमाडौं । मार्नुस लाबुसचेनले टेष्ट क्रिकेट करियरमा पहिलो दोहोरो शतक बनाउँदा अष्ट्रेलियाले न्यूजिल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । सन् २०२० मा पहिलो दोहोरो शतक बनाउने खेलाडी बन्ने क्रममा लाबुसचेनले २१५ रन बनाए । सिड्नी क्रिकेट ग्राउण्डा भइरहेको तेस्रो टेष्टको दोस्रो दिन उनले ३६३ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरे । […]

एमए कप क्रिकेट : दिपेशको ६ विकेटसँगै प्रदेश १ को विजयी सुरुवात

काठमाडौं । प्रदेश १ ले दोस्रो संस्करणको एमएम कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । दिपेश कँडेल एक्लैले ६ विकेट लिएपछि प्रदेश १ ले प्रदेश ५ लाई ६८ रनले पराजित गरेको हो । इनरुवा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३१.२ ओभरमा अलआउट हुँदै १२० रन मात्र बनायो । […]

ज्ञानेन्द्र र पारसले मनमोहन स्मृति एकदिवसीय क्रिकेट नखेल्ने

१६ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । इनरुवा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन भइसकेको छ भने खेलहरु भोलिबाट सुरु हुनेछ । प्रतियोगितामा सात प्रदेश र विभागीय टिमले भाग लिनेछन् । तर राष्ट्रिय टिमका कप्तान मल्ल र पूर्वकप्तान खड्का भने प्रदेश ३ को टिममा […]

सन्दीप र करण बने टी-२० मा वर्षकै सर्वाधिक विकेट लिने क्रिकेटर

काठमाडौं । नेपालका लेगलस्पिनर सन्दीप लामिछाने र तीव्र गतिका  करण केसी सन् २०१९ मा टी-२० क्रिकेट मा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।  उनीहरूसँगै नेदरल्यान्डका तीव्र गतिका बलर ब्रान्डम ग्लोभर पनि छन् । तीन खेलाडीले समान २८ विकेट लिएका छन् । सन्दीपले १६ खेलमा ५९ ओभर बलिङ गर्दै ३८४ रन खर्चिदै २८ विकेट लिएका […]

पारस र ज्ञानेन्द्रले एमएम कप एक दिवसीय क्रिकेट नखेल्ने

१४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्काले दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । प्रतियोगिताको लागि घोषित प्रदेश ३ को ६लीमा दुवै खेलाडीको नाम छैन । यस्तै पोखरा प्रिमियर लिग मार्फत क्रिकेटमा पुनरागमन गरेका सुवास खकुरेलले प्रदेश ३ को […]

एमएम कप क्रिकेटको उद्घाटन खेलमा प्रदेश १ र ५ खेल्ने

काठमाडौं । इनरुवामा हुने दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीले शुक्रबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो, जसअनुसार १५ गते उद्घाटन समारोह मात्र हुनेछ । १७ गते इनरुवा रंगशालामा उद्घाटन खेलमा समूह सी मा रहेका […]

आईसीसी वरियतामा नेपाल १८ औँ स्थानमै यथावत   

८ पुस, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अंक पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी […]

सन्दीपले पहिलो खेलमा लिए विकेट

४ पुस, काठमाडौं । बिग ब्यास लिगको सिजनको पहिलो खेलमा सन्दीप लामिछानले विकेट लिएका छन् । मेलबन स्टार्सले ब्रिसबेन हर्टसँग खेल्दा सन्दीपले एक विकेट लिएका हुन् । चार ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए । उनी आफ्नो पहिलो ओभरमा महंगो सावित भएका थिए । मेलबर्नको दोस्रो ओभरमा आएका उनको बलमा तीन चौका र एक […]