+

भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न सघाउने

२०८३ मंसिर  ७ गते १६:४१ २०८३ मंसिर ७ गते १६:४१

भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने भएको छ।

७ मंसिर, काठमाडौं । भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टमा खेलकुदको विकास र सम्बन्धित पूर्वाधार निर्माणमा दुवै देशले सहकार्य गर्ने उल्लेख छ।

डकुमेन्टमा नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीहरूलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीहरूमा तालिम लिने अवसर प्रदान गरिने जनाइएको छ।

क्रिकेटका अतिरिक्त ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता अन्य खेलहरूमा पनि यस्तै अवसरहरूको खोजी गरिने सहमति भएको छ। यसअन्तर्गत नेपालमा आधुनिक बहु–खेलकुद केन्द्रहरूको विकास गर्ने सम्भावनासमेत खोजिने सहमतिमा उल्लेख छ।

त्यसैगरी, संयुक्त आरोहण अभियान सञ्चालन गर्नेलगायत पर्वतीय खेलकुदमा सहकार्यको सम्भावना खोजिने भएको छ।

साथै, क्रिकेट, फुटबल र अन्य खेलहरूमा भारत र नेपालका खेलाडीहरूलाई एकअर्काका खेलकुद लिगहरूमा सहभागी हुने अवसर खोज्न दुवै देशका सम्बन्धित खेलकुद निकाय तथा प्राधिकरणहरूलाई प्रोत्साहन गरिने जनाइएको छ।

क्रिकेट नेपाल भारत

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय