+

मयन, रासिद र लोकेशको ओडीआईमा डेब्यू

२०८३ मंसिर  ६ गते ११:५१ २०८३ मंसिर ६ गते ११:५१

६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कप अन्तर्गत यूएईविरुद्धको खेलमार्फत तीन खेलाडीले ओडीआईमा डेब्यू गरेका छन् ।

मयन यादव, रासिद खान र लोकेश बमले ओडीआईमा डेब्यू गरेका हुन् । मयनको अन्तर्राष्ट्रिय डेब्यू हो भने रासिद र लोकेशले यसअघि टी-२०आई खेलिसकेका छन् ।

नेपालले यूएई विरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको छ । लोकेश बम आज विकेटकिपिङ गरिरहेका छन् ।

नेपालले अघिल्लो खेलबाट प्रतिश जिसी र दीपक डुम्रेको स्थानमा देव खनाल र मयन यादवलाई खेलाएको छ ।

ओडीआई डेब्यू नेपाली क्रिकेट टोली मयन यादव रासिद खान लोकेश बम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय