+

वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागि

२०८३ मंसिर  ६ गते ९:१२ २०८३ मंसिर ६ गते ९:१२

६ मंसिर, काठमाडौं । यूएईको अबुधाबीस्थित हृदयरियाट टापुमा हुने २०२६ वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।

नेपाल ट्रायथलन संघका अनुसार नेपालको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीमा सन्तोष राई र सन्तोष कर्माचार्य रहेका छन् ।

उनीहरूले १ सय ५३ किलोमिटर लामो दूरी पूरा गर्नेछन् । त्यसमा ३.५ किलोमिटर पौडी, १ सय २० किलोमिटर साइक्लिङ र ३० किलोमिटर दौड रहेको छ । राईले ४५–४९ वर्ष उमेर समूहमा खेल्नेछन् भने कर्माचार्यले भने ५०–५४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमको प्रशिक्षक तथा व्यवस्थापकमा युवराज सुनुवार रहेका छन् ।

राई गिनिज वर्ल्ड रेकर्ड होल्डर खेलाडी हुन् । उनले यसअघि अमेरिकामा भएको आइरनम्यान वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन् । यस्तै कर्माचार्यले ६ फुल आइरनम्यान ट्राथलन र २० हाफ आइरनम्यान दौड खेलिसकेका छन् ।

दुवै खेलाडीले यसअघि सन् २०२४ र २०२५ को वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिप पनि खेलिसकेका छन् । त्यसैले अहिलेको प्रतियोगिता राई र कर्माचार्य दुवैका लागि लगातार तेस्रो सहभागिता रहनेछ ।

वर्ल्ड ट्रायथलन वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय