+
+
Shares

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो

यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुसेन तलतको अर्धशतक र ३ विकेटमा कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई २४ रनले हरायो ।
  • कर्णालीले १५३ रन बनायो भने चितवन १९.१ ओभरमा सबै विकेट गुमाउँदै १२९ रनमा समेटियो ।
  • चितवनले लिग चरण चौथो स्थानमा सकाउँदै एलिमिनेटर खेल्ने भएको छ ।

२९ कात्तिक, काठमाडौं । हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो । सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेल हारेको थियो ।

उता चितवनले भने यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । ७ खेलमा ७ अंक नै जोडेको चितवन लिग चरणमा चौथो भयो । चितवनले एलिमिनेटर खेल्नेछ ।

कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १९.१ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि तललते ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा सर्वाधिक ३ विकेट लिए ।

चितवनका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका उसामा मिरले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । उनले २३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । ओपनर कमिल मिशाराले १७ बलमा समान २ चौका र छक्का मदतमा सर्वाधिक २५ रन बनाए । देव खनालले १३ बलमा ३ चौका प्रहार गरी १४ रन जोडे ।

कमिल र देवले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । तर त्यसपछि ठूलो साझेदारी बन्न सकेन । कप्तान सिकन्दर राजा २, विवेक यादव ६ र डान मोस्ली ८ रन बनाएर आउट हा चितवनले ६४ रनमा ५ विकेट गुमाएको थियो ।

त्यसपछि कुशल मल्ल र सलाउद्दिन खानले इनिङ्स सम्हाल्ने प्रयास गरेपछि २० रनको साझेदारीपछि आउट भए । कुशल मल्लले १५ बलमा १ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए । सलाउद्दिन खान ७ रनमा आउट भए ।

यस सिजन पहिलो खेल खेलेका अशोक धामी ११ रन बनाएर आउट भए । कमल सिंह ऐरी र रिजन ढकाल समान १ रनमा आउट भए । बलिङका कर्णालीका लागि हुसेन तलतले ३.१ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । मार्क वाट र पवन सर्राफले २-२ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेनत तलतको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

कर्णालीका लागि हुसेन तलते ३३ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित ५१ रन बनाए । ओपनर अरिफुल इस्लामले आक्रमक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्का मदतमा ३५ रन जोडे । पवन सर्रफले २१ बलमा २ छक्का मदतमा १५ रन बनाए । गुल्सन झाले अन्तिमतिर ६ बलमा १ चौका र २ छक्का मदतमा आक्रमक १८ रन बनाए ।

यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका चसिन शर्मा खाता नखोली आउट भए । दिपक डुम्रे ७, कप्तान डेभिड मिलर ५, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भए । नन्दन यादव २ रनमा अविजित रहे ।

बलिङमा चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले २-२ विकेट लिए । यस्तै रिजन ढकाल र कप्तान सिकन्दर राजाले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?