+
एनपीएल :

हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

२०८३ कात्तिक  २९ गते १४:२० २०८३ कात्तिक २९ गते १४:२०

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेनत तलतको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो ।

कर्णालीका लागि हुसेन तलतले ३३ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित ५१ रन बनाए ।

यस्तै ओपनर अरिफुल इस्लामले आक्रमक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्का मद्दतमा ३५ रन जोडे ।

पवन सर्राफले २१ बलमा २ छक्का मद्दतमा १५ रन बनाए । गुल्सन झाले अन्तिमतिर ६ बलमा १ चौका र २ छक्का मद्दतमा आक्रमक १८ रन बनाए ।

यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका चसिन शर्मा खाता नखोली आउट भए । दीपक डुम्रे ७, कप्तान डेभिड मिलर ५, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भए । नन्दन यादव २ रनमा अविजित रहे ।

बलिङमा चितवनका लागि कमलसिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले २-२ विकेट लिए । यस्तै रिजन ढकाल र कप्तान सिकन्दर राजाले १-१ विकेट लिए ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय