News Summary
Generated by OK AI. Editorially reviewed.- दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
- कालुङ्चोक मैदानमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै अलआउट भयो।
- लुम्बिनीका निर्मल गुरुङले ३३ रन बनाएर दुई विकेट लिए, अजय चौहानले तीन विकेट लिए।
१३ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ ।
आइतबार कालुङ्चोक मैदानमा भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै समेटियो ।
कर्णालीका दिनेश रावतले २५ र अरविन्द घर्ती मगरले २३ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । नियमित अन्तरालमा विकेट गुमाएको कर्णाली ९६ रनमै अलआउट भयो ।
लुम्बिनीका अजय चौहानले २१ रन खर्चेर तीन विकेट लिए । निर्मल गुरुङले १८ रन दिएर दुई विकेट हात पारे । ब्याटिङमा सर्वाधिक रन बनाएका निर्मल बलिङमा पनि चम्किएपछि लुम्बिनीले सहज जित निकालेको हो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६१ रन बनाएको थियो । उसका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए । २२ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे । युवराज शर्माले २८ बलमा २६ रन जोडे ।
कर्णालीका दिनेश अधिकारी र राजकुमार शाहले समान दुई विकेट लिए । राजकुमारले अन्तिम ओभरमा दुई विकेट लिँदै लुम्बिनीको रन गति रोक्ने प्रयास गरेका थिए ।
प्रतिक्रिया 4