+
१०औं राष्ट्रिय खेलकुद :

महिला बास्केटबल : फुल कोर्टतर्फ एपीएफ र थ्री अन थ्रीमा आर्मी च्याम्पियन

२०८३ मंसिर  १३ गते १६:५० २०८३ मंसिर १३ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा एपीएफले आर्मीलाई ५७–२९ ले हराएर अपराजित रहँदै उपाधि जित्यो ।
  • थ्री अन थ्रीतर्फ नेपाल आर्मीले कर्णाली प्रदेशलाई १३–९ ले पराजित गर्दै च्याम्पियन बन्यो ।
  • फुल कोर्टमा नेपाल पुलिस क्लबले सुदूरपश्चिमलाई ६७–२८ र थ्री अन थ्रीमा एपीएफले बागमतीलाई १६–७ ले हराउँदै तेस्रो स्थान हासिल गरे ।

१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टतर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र थ्री अन थ्रीतर्फ नेपाल आर्मी च्याम्पियन बनेका छन् । दुवै टोली प्रतियोगिताभर अपराजित रहे ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा आइतबार भएको फुल कोर्टको फाइनलमा एपीएफले आर्मीलाई ५७–२९ अंकले पराजित गर्‍यो । एपीएफकी मिरा गुरुङले सर्वाधिक १७ अंक जोडिन् ।

पहिलो क्वाटरमा १०–५ को अग्रता बनाएको एपीएफले दोस्रो र तेस्रो क्वाटर क्रमशः १८–३ र १६–४ ले आफ्नो पक्षमा पार्‍यो । चौथो क्वाटरमा भने एपीएफ १३–१७ ले पछि परेको थियो ।

फुल कोर्टतर्फ नेपाल पुलिस क्लब तेस्रो भयो । पुलिसले सुदूरपश्चिमलाई ६७–२८ अंकले हराएको खेलमा दिभा महर्जनले ११ अंक जोडिन् ।

थ्री अन थ्रीको फाइनलमा आर्मीले कर्णाली प्रदेशलाई १३–९ अंकले पराजित गर्‍यो । आर्मीकी दिब्यान्सा कार्कीले सात अंक जोडिन् । यस विधामा एपीएफ तेस्रो भयो । तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले बागमतीलाई १६–७ ले हरायो । एपीएफकी इसान्ना श्रेष्ठले सात अंक जोडिन् ।

मंसिर ८ गतेदेखि सुरु महिला बास्केटबलको फुल कोर्ट र थ्री अन थ्री दुवै विधामा समान १० टोली सहभागी थिए । सात प्रदेशसँगै आर्मी र एपीएफले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

पुरुष बास्केटबल प्रतियोगिता मंगलबारदेखि कर्णाली प्रदेश रंगशाला परिसरमै सुरु हुनेछ । पुरुषतर्फ पनि महिला प्रतियोगितामा सहभागी टोलीले नै प्रतिस्पर्धा गर्नेछन् ।

१०औँ राष्ट्रिय खेलकुद महिला बास्केटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय