News Summary
Generated by OK AI. Editorially reviewed.- ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको समूह ए खेलमा नेपालले भारतसँग १० विकेटले पराजय भोगेको छ ।
- नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो, जसमा दर्श सोनारले सर्वाधिक ४३ रन जोडे ।
- भारतले १२९ रनको लक्ष्य १९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो, जसमा आर्यविर सेहवागले अविजित ७२ रन बनाए ।
२० कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको छ ।
ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले ठूलो हार बेहोरेको हो ।
नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । भारतका लागि आर्यविर सेहवागले ५२ बलमा ७ चौका प्रहार गर्दै अविजित ७२ रन बनाए ।
यस्तै कप्तान तथा ओपनर लक्ष्य राईचन्दनीले ६३ बल खेल्दै ७ चौका मदतमा ५२ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनमा अलआउट भएको थियो ।
नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए भने विकेटकिपर आशिष लुहारले २९ तथा ओपनर निरज कुमार यादवले २० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका इशान सुद र अर्जुन राजपुतले ३-३ विकेट लिए । भुत्कुरी यसभिर गौडले २ विकेट लिए ।
नेपालले आफ्नो दोस्रो खेल आइतबार युएईसँग खेल्नेछ ।
प्रतिक्रिया 4