News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीले आगामी ४ देखि २१ डिसेम्बरसम्म हुने विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक गरेको छ ।
- कीर्तिपुरस्थित टीयू मैदान र मुलपानी मैदानमा हुने प्लेअफ अन्तर्गत नेपालले पहिलो खेल ४ डिसेम्बरमा इटलीसँग खेल्नेछ ।
- ८ टिम सहभागी प्लेअफबाट शीर्ष चार टोली सन् २०२७ को एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।
२० कात्तिक, काठमाडौं । नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म आयोजना हुने आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल ४ डिसेम्बरमा इटलीसँग कीर्तिपुरस्थित टीयू मैदानमा खेल्नेछ ।
यस्तै नेपालले दोस्रो खेल युगान्डासँग ६ डिसेम्बरमा, युएईसँग १० डिसेम्बरमा, जर्सीसँग १२ डिसेम्बरमा, क्यानडासँग १४ डिसेम्बरमा, नामिबियासँग १८ डिसेम्बरमा र कुवेतसँग २१ डिसेम्बरमा खेल्नेछ ।
विश्वकप छनोट प्लेअफमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिग लिग २ को पूछारमा रहेको चार टिम नामिबिया, नेपाल, क्यानडा र युएईसँगै आईसीसी च्यालेन्ज लिगबाट छनोट भएका इटली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागि टिमबीच सिंगल राउण्ड रोबिनका आधारमा खेल हुनेछ । जसमा शीर्ष चारमा रहने टोली सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् ।
लिग २ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान भने सिधै ग्लोबल क्वालिफायरमा प्रवेश गरिसकेका छन् । ग्लोबल क्वालिफायरमा कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4