+

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

२०८३ मंसिर  १० गते ५:३७ २०८३ मंसिर १० गते ५:३७

१० मंसिर, काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो ।

एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो ।

नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध पराजय व्यहोर्दा युएईलाई हराएको हो ।

नेपाली टोली अब एसिया आइसिसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’मा केन्द्रित हुनेछ । प्रतियोगिता यही मंसिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

नेपाल क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय