+

एक्सट्रिम फाइट नाइट १९ मंसिरमा हुने

२०८३ मंसिर  ९ गते १६:२७ २०८३ मंसिर ९ गते १६:२७

९ मंसिर, काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक्स, जिमखना परफरमेन्स र लक एन्ड रोलको आयोजनामा यही मंसिर १९ गते एक्सट्रिम फाइट नाइट (एक्सएफएन) हुने भएको छ ।

ठमेलस्थित एलओडी क्लबमा हुने उक्त फाइट नाइटमा प्रो र एमेच्योर फाइट गरी कूल १० फाइट समावेश हुने आयोजक जिमखाना परफरमेन्सका राहुल मोक्तानले जानकारी दिए ।

जसमा ३ प्रो फाइट हुनेछ भने ७ वटा एमेच्योर फाइट हुनेछ ।

‘प्रो मध्ये दुई मुअथाईको फाइट र एक एमएमए फाइट हुनेछ । बाँकी एमेच्योर फाइट हुनेछ।’ मोक्तानले भने ।

एक्सट्रिम फाइट नाइटको मेन इभेन्टको रुपमा गुमान मगर र भारतका पी सुमानथबीच भिडन्त हुनेछ । गुमान सन् २०२६ को डब्लुबिसी नेपाल नेसनल च्याम्पियन हुन् भने भारत असामका सुमनथ २०२६ को डब्लुएमएफ वर्ल्ड च्याम्पियन हुन् ।

यस्तै प्रो फाइट अन्तर्गत को मेन इभेन्टमा नेपालका गोकुल खड्का र भारत असामका जितेश आर्याबीच प्रतिस्पर्धा हुनेछ । यो एमएमए इभेन्ट हो ।

अर्को को मेन इभेन्टमा महिला फाइटरबीच प्रतिस्पर्धा हुनेछ । मुअथाई अन्तर्गत हुने यो फाइटमा नेपालकी परिका बतास र भारत मेघालयकी सेत्रोलिखा दियाबीच भिडन्त हुनेछ । परिका २०२६ को डब्लुएमएफ वर्ल्ड च्याम्पियन हुन् ।

यस बाँकी ७ एमेच्योर फाइट हुनेछ ।

जिमखाना परफरमेन्सका फाउण्डर तथा मुआथाईका मुख्य प्रशिक्षक राहुल मोक्तानले पछिल्लो समयमा नेपाललमा एमएमएको माहोल बढ्दै गएको र यसले हामी सही बाटोमा छौँ भन्ने देखाएको बताए ।

‘अब हामी राइट पथमा छौँ तर डेस्टिनेसनबाट अझै टाढा छौ । रविन्द्र ढाँटले एउटा बाटो देखाएको छ । त्यो बाटोमा हामी हिँड्नुपर्‍यो र रविन्द्र पछि पनि हामीसँग धेरै रविन्द्र जस्ता फाइटरहरु छन्, मोक्तानले भने, ‘हाम्रो लक्ष्य धेरै त्यस्ता फाइटहरु जन्माउने हो ।’

उनले त्यसका लागि मिहिनेत र दु:ख गर्नुपर्ने र एकदिन गन्तव्यमा अवश्य पुगिने बताए ।

एक्सएफएनका खेलहरु हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

एक्सट्रिम फाइट नाइट हिमालय स्पोर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय