+

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान

२०८३ मंसिर  ९ गते १२:३५ २०८३ मंसिर ९ गते १२:३५

९ मंसिर, काठमाडौं । नेपाली टोली होरा ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२६ खेल्न टर्किए प्रस्थान गरेको छ।

प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा हुनेछ। पब्जी मोबाइलको सन् २०२६ को प्रतिस्पर्धात्मक सिजनको अन्तिम प्रतियोगिताका रूपमा रहेको पीएमजीसीमा ३९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी डलर रहेको छ।

प्रतियोगिता गन्टलेट, ग्रुप स्टेज, लास्ट चान्स र ग्रान्ड फाइनल गरी चार चरणमा हुनेछ। नोभेम्बर २६ र २७ मा हुने गन्टलेटमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट शीर्ष ६ टोली सिधै ग्रान्ड फाइनलमा पुग्नेछन् भने बाँकी १० टोली ग्रुप स्टेजमा प्रवेश गर्नेछन्।

ग्रुप स्टेज नोभेम्बर २९ र ३० तथा डिसेम्बर २ र ३ मा हुनेछ। यस चरणमा ३२ टोली दुई समूहमा विभाजित हुनेछन्। दुवै समूहका शीर्ष तीन टोली ग्रान्ड फाइनलमा पुग्नेछन् भने चौथोदेखि ११औं स्थानसम्मका टोली लास्ट चान्समा खेल्नेछन्।

डिसेम्बर ५ र ६ मा हुने लास्ट चान्सबाट शीर्ष तीन टोली ग्रान्ड फाइनलमा पुग्नेछन्। डिसेम्बर ११ देखि १३ सम्म हुने ग्रान्ड फाइनलमा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप होरा ईस्पोर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय